पढ्न करिब 2 मिनेट लाग्छ

दान बहादुर बुढा | भदौ २३, मुगु | मुगु जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाले (हामी सबैको प्राण सार्वजनिक शिक्षा प्रणालीको सवालीकरण ) मुल नाराका साथ ४० औ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवसको अवशरमा नगरपालिका भित्र शिक्षा क्षेत्रमा योगदान दिदै आउनु भएका ३२ जनालाई नगरपालिकाले पहिलो पटक सम्मानित गरेको छ ।

नगरपालिका भित्र रहेका बालबिकास केन्द्र प्राथामिक तह, निम्न माध्यामिक बिद्यालय, माध्यामिक तहमा शिक्षा क्षेत्रमा बिगत लामो समयदेखि यस छायानाथ रारा नगरपालिकाको शैक्षिक गुणस्तर सुधारको लागि कर्तब्यनिष्ट भई पदिय जिम्मेवारी बहन गर्ने महत्वपूर्ण शिक्षा क्षेत्रमा काम गर्ने प.अ ११ जना शिक्षक ६ जना बाल बिकास शिक्षक ४ बिद्यालय ब्याबस्थापन समितिका १ जना अध्यक्ष र १ जना स्रोत ब्याक्तिलाई नगरपालिकाको निर्णय अनुसार पहिलो पटक एकै साथ ठूलो संख्यामा शिक्षा क्षेत्रमा काम गर्ने व्यक्तिलाई सम्मान प्रमाण पत्र सहित नगद १२ हजारका दरले सम्मान गरिएको दिवस समितिका संयोजक ललिजङ मल्लले बताएका छन् ।

छायानाथ रारा नगरपालिकाबाट सम्मान पाउदा निकै खुसी हुँदा ढिलो-चाडो भए पनि आफ्नो कामको मूल्याङकन हुँदो रहेछ । थप शिक्षा क्षेत्र लगाएत अन्य जिम्मेवारी थपिएको महशुस भएको प्राथामिक बिद्यालय पिनाका प्रअ सल बहादुर रावलले बताएका छन् ।

मानिसलाई चौर्तफी ज्ञान लिनको लागी सबैभन्दा पहिले शिक्षाको आवश्यक हुन्छ । त्यसैका शिक्षा क्षेत्रलाई माथि उकास्नको लागी नगरपालिकाबाट हरपल खटिरहने छु । शिक्षा क्षेत्र भित्र पर्ने भौतिक पुर्वाधार, शिक्षक तालिम, लगायत अन्य अतिरिक्त कार्यको लागि नगरपालिका सकारात्मक रहने छ । शिक्षा क्षेत्रलाई माथि उठाउनको लागी पहिलो जग बालबालिकाको केन्द्र भएको हुँदा नेपाल सरकारबाट प्राप्त भएको रकमको सत-प्रतिशत बढाएर शिक्षकको पारिश्रमी नगरपालिकाले तय गरेको छ । शिक्षा क्षेत्रलाई राजनितिकरण नगरि सबै क्षेत्रबाट सहयोग गर्न हुन सरोकार वालाहरुलाई समेत नगर प्रमुख हरिजङ शाहीने अनुरोध गरेका छन् ।