२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

बेँसीशहर–चामे सडक खुल्यो

२०७६, २९ भाद्र आईतवार ०५:१२

भदौ २९, लमजुङ । लमजुङ र हिमाली जिल्ला मनाङबीचको एक मात्र बेँसीशहर–चामे सडक खुलेको छ । नासो गाउँपालिका–१ तालस्थित म्यार्दीभीरमा पहिरो जाँदा अवरुद्ध भएको करीब १७ दिनपछि शनिबार साँझबाट यस सडकखण्ड खुलेको हो ।

करीब १०० मिटर माथिबाट आएको ठूला–ठूला ढुङ्गासहितको पहिरोले अवरुद्ध बनाएको सडक १० दिनको प्रयासपछि  खुल्न सफल भएको छ । पहिरोले १२० मिटर सडक नै भत्काएपछि तत्काल सडक खुलाउने प्रयास गरिए पनि ठूला–ठूला ढुङ्गा हटाउन र फोर्न नसकिएपछि ८० वटा बम ब्लाष्ट र ब्रेकर लगाएर सडक सञ्चालन गर्न सफल भएको सडक डिभिजन कार्यालय दमौलीका सवइञ्जिनीयर सुमन अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार पहिलाको सडक नै पत्ता नलाग्ने गरी सडक भत्किएपछि पहिलाको भन्दा फरक ‘ट्र्याक’ खोलेर सडक निर्माण तथा मर्मत गरिएको छ । उहाँले भन्नुभयो, “सडक खुलाउनलाई धेरै जोखिम मोल्नुपरेको र यस्तो ठूलो पहिरो त यसअघि कहिले पनि थाहा पाइनँ, यो पहिरो अहिलेसम्मकै ठूलो रह्यो ।” अहिले सडक सञ्चालन भएपनि कतिबेला फेरि पहिरो आएर सडक अवरुद्ध हुन्छ थाहा नै नहुने सडक डिभिजन कार्यालय दमौली तनहुँले जनाएको छ ।

सडक डिभिजन कार्यालयले सडक सञ्चालन गर्न सफल भएपनि लमजुङ र मनाङको सिमानामा रहेको म्यार्दी खोलामा पुल निर्माण सम्पन्न हुन नसक्दा खोलाबाट साना सवारी साधन तर्न नसकेको र ट्रक, ठूला ट्र्याक्टर मात्रै खोलाबाट तर्न सकेको सवइञ्जिनीयर अधिकारीले भन्नुभयो । म्यार्दीखोलामा पानी नघटेको र आकाशबाट पानी बेला–बेला पर्ने गरेकाले खोलामा पानीको प्रवाह बढिरहेकाले साना सवारी साधन खोला तर्न सक्ने अवस्था नहुँदा यात्रुलाई समेत समस्या हुने भएको छ । बेँसीशहरदेखि चामेसम्म ६५ किलोमिटर लामो दूरी छ ।

यस सडकमा दैनिक यात्रु बोक्ने ३५ सवारी साधन आवतजावत गर्ने गर्दछन् । चाडपर्व नजिकिएसँगै सामानसमेत ढुवानी गर्नलाई समस्या हुन थाले पनि सडक सञ्चालन भएपछि भने स्थानीयवासी खुशी भएका छन् । म्यार्दीखोलामा निर्माणाधीन मोटरेबल पुल केही दिनमा निर्माण सम्पन्न हुने र सो पुलबाट सवारी साधन गुड्न थाल्ने सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पुलको ‘एम्प्रोज रोड’ को केही भाग मात्रै निर्माण सम्पन्न गर्न बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ