२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

आरुघाट र खहरे क्षेत्रको तत्काल मुआब्जा निर्धारण गर्न माग

६ आश्विन २०७६, सोमबार ११:२४

 असोज ६, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागिएको  बूढीगण्डकी जलाशययुक्त आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट र खहरे क्षेत्रको मुअब्जा निर्धारण गर्न माग गरेको छ । 

पार्टी कार्यालय पाटेचौरमा आइतबार बसेको जिल्ला पार्टी सचिवालय बैठकले मुअब्जा निर्धारण गर्न बाँकी रहेका क्षेत्रको तत्काल मुअब्जा तोक्न माग गरेको पार्टीका जिल्ला अध्यक्ष लेखबहादुर थापाले जानकारी दिनुभयो । “डुबानमा पर्ने गोरखा र धादिङतर्फका बजार क्षेत्रको अझै मुअब्जा निर्धारण हुन सकेको छैन”, अध्यक्ष थापाले भन्नुभयो, “पार्टी सचिवालयको बैठकले नै छिटो मुअब्जा निर्धारणका लागि सरकारसँग माग गरेका छौँ ।” बैठकले लगत सङ्कलनको काम सकेको क्षेत्रमा घरगोठको बिरुवाको मुअब्जा निर्धारण गरी तत्काल वितरणको काम अघि बढाउन सरकारसँग आग्रह गरेको उहाँले बताउनुभयो ।

आरुघाट खहरे क्षेत्रको मुअब्जा निर्धारण हुन नसक्दा प्रभावित क्षेत्रका जनताको असन्तुष्टि बढ्दै गएको भन्दै उहाँले छिटोभन्दा छिटो उचित मुअब्जा निर्धारण हुनुपर्नेमा पार्टीको जोड रहेको बताउनुभयो । “त्यस क्षेत्रको अहिलको चलनचल्तीको मूल्य र सरकारी ऐन कानूनलाई टेकेर मुअब्जा निर्धारण गर्नु उचित हुन्छ”, उहाँले भन्नुभयो, “जनतालाई लामो समय अन्यौलमा राख्नु हुँदैन ।”

बैठकले जलस्रोत तथा ऊर्जा मन्त्रालय एवं मुअब्जा निर्धारण समिति आयोजना एकाइलाई मुअब्जा निर्धारण गरी आयोजना निर्माणको कामलाई अघि बढाउन आग्रह गरेको अध्यक्ष थापाको भनाइ छ । 

त्यस्तै बैठकले नेपालीको ठूला चाडपर्व नजिकिएकाले दशैँ, तिहार, छठ तथा इद लगायतका पर्वका अवसरमा यातायात सुविधा पु¥याउन सडक मर्मत तथा सुधार एवं सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य