2026-07-03 12:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीकि महिला भारतमा बेचिएको ठाउँबाट २५ दिनपछि भागेर घर फर्किन

2019-09-26

असोज ९, महोत्तरी | महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का  सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा पनि सो घटनाबारे जानकारी गराएका थिए ।

बैठाले उनलाई प्रेममा फसाएर बिहे गर्छु भन्दै गत भदौ १४ गते नै घरबाट भगाएर लगेको र सीतामढीस्थित एउटा घरमा बन्द गरेर भागेको जिल्ला प्रहरी कार्यालयमा पीडितले बयान दिएकी थिइन् । घरबाट भागेर गइरहेकै बेला बैठाले बसमै आफूले लगाएको गरगहनासहित रू ५० हजारसमेत लिनाका साथै सीतामढीको एउटा घरमा बन्द गरेर भागेको उनले बताइन् । 

बैठाले  छाडेर हिँडेपछि  उसको बाटो कुर्दाकुर्दै नआएकाले  बाहिर निस्कन खोज्दा आफूलाई दुई/तीनजना पुरुष र  महिलाले समातेर राख्दै तिमी बेचिएकी छौं । अब यहीँ बस्नुपर्छ र यहीँ तिम्रो बिहे हुन्छ भनेकाले आफू बेचिएकी थाहा पाएको उनले उनले सुनाइन् ।

ती महिला बेपत्ता भएको भदौ १४ गतेदेखि नै उनका पति र आफन्तले खोजबिन गर्दै जिल्ला प्रहरीमासमेत उनी बेपत्ता भएको खबर गरेका र अभियुक्त बैठाले नै उनलाई बेपत्ता बनाएको  भन्दै बैठाउपर शरीर बन्धक मुद्दा  दायर गरेकामा  प्रहरीले मुद्दा दर्ता नगरेको उनका पतिले सुनाए  । सो घटना पछि  अहिले ती महिलालाई कार्यालयमा बोलाइनाका साथै बैठालाई पनि पक्राउ गर्न प्रहरी खटाइएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ