2026-07-03 10:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपालभन्दा एक दिनअघि बडा दसैँको साइत

2019-09-27

असोज १०, काठमाडौँ | नेपालमा भन्दा अमेरिकामा एक दिन अघि वडा दसैँको साइत परेको छ | तिथि अनुसार नेपालमा टिकाजमराको साइत ८ तारिखका दिन रहे पनि अमेरिकामा भने एक दिन अघि नै रहेको अन्तर्राष्ट्रिय पंच्नाग निर्णय समितिले जनाएको छ | 

अमेरिकाका लागि आगामी बडा दसैँको टिका/जमराको साइत अक्टोबर ७ तारिखका दिन रहेको छ। टेक्ससमा बिहान ११ः२७ मा, क्यालिफोर्नियामा बिहान ११ः०५ मा, न्युयोर्कमा बिहान ११ः२१ मा र केन्टमा ११ः५५ मा साइत रहेको छ |

अमेरिकास्थित नेपाली मन्दिरका गुरुहरूका बीचमा नै ७ वा ८ तारिखमा मनाउने भन्ने विषयमा सामान्य विवाद देखिएपछि अन्तिम निर्णय स्वरूप अन्तर्राष्ट्रिय पंच्नाग निर्णय समितिले याे जानकारी गराएको हो |समितिको निर्णय सार्वजनिक भएपछि अमेरिकास्थित केही नेपालीहरूले नेपालमा बुवाआमाले टिका नलगाईकन आफूले लगाउन नमिल्ने भएकोले समितिको निर्णय संस्कृति विरोधी भएको भनी आलोचना गरेका छन् |

तर टेक्ससको डालसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रमा कार्यरत आचार्य मेघराज निरौलाले भने पंच्नाग समितिको निर्णय नै अत्यन्त वैज्ञानिक रहेको बताए |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक