2026-09-19 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

दाइजो नदिँदा हत्या, हातखुट्टा बाधेको अवस्थामा शव भेटियो

असोज २६, विराटनगर । भारतको जोगवनीमा नेपाली मूलकी युवतीको शव विभत्स अवस्थामा फेला परेको छ । हातखुट्टा बाधेको अवस्थामा विराटनगर– ११ पञ्चमुखी चोंक माइत भएकी २२ वर्षकी रञ्जना सहनीको परवाना नदीमा शव भेटिएको हो । 

स्थानीय मनिकचन्द सहनीको २२ वर्षीय छोरी रञ्जनाको गत फागुनमा भारतीय नागरिक भीम बहरदारसँग विवाह भएको थियो । विवाहमा मागेजती दाइजो नल्याएको भन्दै घरपक्षबाट मानसिक यातना भोगिरहेकी रञ्जनाको शव सिमावर्ती क्षेत्र जोगवनीदेखि करिब १० किलोमिटर दक्षिण अररिया जिल्ला स्थित परवाना नदीको मिरगन्ज पुल नजिकै भेटिएको हो ।

आइतबार शव भेटिएपछि प्रहरीले मृतकका श्रीमानसहित चारजनालाई पक्राउ गरेको छ । माइती पक्षको उजुरीपछि भारतीय प्रहरीले मृतकका श्रीमान भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदारलाई पक्राउ गरेको हो ।

स्थानीय उमालाल सहनीका अनुसार रञ्जनाको गत फागुनमा अररिया जिल्ला तकिया निवासी २५ वर्षिय भिम बहरदार मागी विवाह भएको थियो । विवाहपछि दाइजोमा मोटरसाइकल मागेपछि सहनी परिवारले ९० हजार भारतीय रुपैयाँमा मोटरसाइकल किनिदिएको थियो । तर दाइजो नपुगेको युवतीलाई परिवारले मानसिक यातना दिइरहको सहनीले बताए । पछिल्लो समय बहरदार परिवारले पसल राख्न भन्दै युवतीको माइती पक्षसँग दुईलाख मागिरहेको थियो ।

केही दिन अघि माइत आएकी युवतीलाई श्रीमानले आएर लगेपछि हत्या गरेको माइती सहनीले बताए । सहनीका अनुसार खोलामा युवतीको शव भेटिदा हातखुट्टा बाँधेको अवस्थामा थियो । बिहिबार वा शुक्रबार हत्या गरी खोलामा फालेको शव आइतबार बिहान शौच गर्न जानेहरुले देखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई