२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा साधुको हत्यामा संलग्न आरोपमा २ किशोर सहित तीन जना पक्राउ

२०७६, २७ आश्विन सोमबार ०७:२३

असोज २७, डडेलधुरा | डडेल्धुरामा साधुको (जोगी) हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । आइतबार अन्दाजी १४ र १६ वर्षीय दुई स्थानीय किशोरलाई नियन्त्रणमा लिइएको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिनुभयो । 

अर्का आरोपित घटनापश्चात डडेल्धुरा र बैतडीको सिमानामा लुकीछिपी बसेको सूचनाका आधारमा आइतबार पक्राउ परेका हुन् । तर  बालबालिका ऐन, २०७५ को दफा ११ बमोजिम उनीहरुको परिचय भने खुलाइएको छैन । पक्राउ परेका तीनै जनाविरुद्ध कानूनी प्रक्रिया अगाडि बढाइएको डडेल्धुरा प्रहरीले जनाएको छ । 

आरोपितहरुले गत मङ्गलबार घटनास्थल नजीकै अजयमेरु गाउँपालिका–१ समैजी कोटेलीमा रहेको पसलमा मदिरा सेवन गरी होहल्ला गर्दै मृतकको कुटीमा गएका थिए । फर्कने क्रममा नजीकै सडकमा मृतक उमाशङ्कर गिरी साधुसँग भेट भएको र विवाद भएको जनाइएको छ । पक्राउ परेका  १६ वर्षीय किशोरले ढुङ्गा प्रहार गरेका थिए । 

त्यसपछि गिरी भागेर आफ्नो कुटीमा प्रवेश गरी लुकेका तर मदिराको मातमा रहेका आरोपितहरुले लखेट्दै गई पुनः ढुङ्गा प्रहार गरी सो स्थानबाट भागेर आ–आफ्नो घर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डडेल्धुरा प्रहरीले जनाएको छ । 

घटनास्थलको सूक्ष्म अवलोकन, घटनास्थल वरिपरि भेटिएका सबुत प्रमाणहरुको अध्ययन विश्लेषण, घटनास्थल वरिपरि रहेका स्थानीय तथा प्रत्यक्षदर्शीहरुले खुलाइदिएका विवरणहरु, शङ्कास्पद व्यक्तिहरु माथिको सूक्ष्म निगरानी, पक्राउ परेका व्यक्तिहरुको प्रारम्भिक बयान र अन्य प्राविधिक विश्लेषण लगायतका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला