२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नेपाल भारतका सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त गस्ती

२०७६, ३ कार्तिक आईतवार ०५:१२

कात्तिक ३, कंचनपुर | सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल भारतका सुरक्षाकर्मीले शनिबारदेखि दशगजा क्षेत्रमा संयुक्त गस्ती कार्य शुरु गरेका छन् ।

तिहारलगायतको चाडपर्वलाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त पार्नका लागि संयुक्त गस्तीको कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताउनुभयो ।  सीमा क्षेत्रमा हुने अवैध चोरी शिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रणसँगै सीमा स्तम्भको सुरक्षाका लागि संयुक्त गस्तीको कार्य भइरहेको छ उहाँले भन्नुभयो, “चाडपर्वका बेला हुने अवैध सामानको तस्करी रोक्न र सीमा क्षेत्रमा आवतजावतको कार्यलाई सहज बनाउनु गस्तीको उद्देश्य रहेको छ ।”

नेपाल भारतका सुरक्षाकर्मीले संयुक्तरुपमा गस्ती गर्दा एकापसमा सम्बन्ध बलियो हुने र सीमा क्षेत्रमा देखा पर्ने चुनौतीको सामना गर्न सहज हुने उहाँले बताउनुभयो । गस्तीमा सशस्त्र प्रहरी बल बर्डर आउट पोष्टका ११ जवान, इप्रका बेलौरीका ११ जवान  भारतको तर्फबाट एसएसबीका कमलापुरी कम्पनीका प्रहरी निरीक्षक भेरजी सोधाको कमाण्डमा रहेका छ जना र एसएसबीका शारदापुरी कम्पनीका प्रहरी नायब निरीक्षक सन्दीपकुमारसहित चार जनाको टोलीले संयुक्त गस्तीको कार्यमा सहभागिता जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस