२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडामा प्रधानमन्त्री ट्रुडाे विजयी, तर बहुमत गुमाए

२०७६, ५ कार्तिक मंगलवार ११:३६

कात्तिक ५,  ओट्टावा (रासस-एएफपी)  । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाेको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ । 

संसदमा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्री जस्टिनले नै सरकार गठनका बारेमा साना दलहरुसँग छलफल थाल्नु भएको छ । 

मतगणना अन्तिम अवस्थामा रहँदा संसदको कूल ३३८ स्थानमध्ये जस्टिनको दलले १५६ स्थानमा विजयी हुने देखिएको छ भने मुख्य विपक्षी एन्ड्रु सियरको कन्जरभेटिभ्सले १२२ स्थान जित्नेछ । 

मंगलबार बिहानैदेखि प्रधानमन्त्री जस्टिनले नयाँ सरकार गठनका लागि साना दलसँग सहमति जुटाउने प्रयास थाल्नुभएको छ । 

प्रधानमन्त्री जस्टिनले सोमबार मतदान सकिएलगत्तै समर्थकहरुलाई सम्बोधन गर्दै क्यानाडाली जनताले विभाजन र सरकारी अनुदानमाथिको निर्भरतालाई अस्वीकार गरेको बताउनुभयो । उहाँले क्यानडाका जनताले प्रगतिशील एजेन्डा र जलवायू परिवर्तन सम्बन्धी सरकारका बलिया योजनालाई खुलेर समर्थन प्राप्त भएको बताउनुभयो । 

उहाँले क्युबेक, सास्काचेवान र अल्बर्टाका जनताका निराशालाई सरकारले अवश्य ध्यान दिनेछ भन्नुभयो । 

हाल ४७ वर्ष पुग्नुभएका प्रधानमन्त्री जस्टिनमाथि ४० दिने चुनावी प्रचारका क्रममा मतदाताले चार वर्षे पहिलो कार्यकाल र आगामी दिनका योजनाका बारेमा अनेक प्रश्न गरेका थिए । उहाँले क्यानडाको इतिहासमै यस पटकको चुनावी अभियान “असाध्यै घिनलाग्दो र निम्नस्तरको” भन्दै यसमा सुधार आवश्यक छ भन्नुभयो ।

चुनावी प्रचारका क्रममा प्रधानमन्त्री जस्टिन र विपक्षी नेता सियरबीच एकअर्का विरुद्ध तिखा व्यङ्ग्य प्रहार भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने