२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

रत्ननगरको फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

२०७६, ६ कार्तिक बुधबार ०६:००

कात्तिक ६ , चितवन | रत्ननगर नगरपालिकामा निजी कम्पनीले फोहर सङ्कलनको काम शुरु गरेको छ । फोहर सङ्कलन र व्यवस्थापनको काम खर्चिलो बन्दै गएपछि नगरपालिकाले निजी क्षेत्रलाई काम गर्ने जिम्मेवारी दिएको हो ।

फोहर सङ्कलन र व्यवस्थापनका लागि श्रीमाता कङ्कालीमाई उद्योग प्रालि काठमाडौँसँग नगरपालिकाले १६ बुँदे सम्झौता गरेर काम गर्ने जिम्मा दिएको प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलले जानकारी दिनुभयो । प्रालिले यही कात्तिक १ गतेबाट फोहर सङ्कलनको काम शुरु गरेको छ । सो कम्पनीले वार्षिक रु १० लाख ६६ हजार नगरपालिकालाई बुझाउने गरी फोहर सङ्कलनको जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो ।

रत्ननगरमा दैनिक करीब २५ टन फोहर सङ्कलन हुन्छ । नगरपालिकाले सङ्कलित फोहर पञ्चकन्या सामुदायिक वनमा थुपार्दै आएको छ । फोहरलाई वर्गीकरण गर्ने, सड्ने र नसड्ने फोहर छुट्याएर सड्ने फोहरबाट प्राङ्गारिक मल र नसड्ने फोहर पुनः प्रशोधन गरी बिक्री गर्ने गरी सम्झौता भएको छ ।  रत्ननगरमा सरसफाइ शुल्कवापत वार्षिक रु २२ लाख सङ्कलन  हुने र फोहर सङ्कलनका लागि करीब रु एक करोड खर्च हुँदै आएको छ ।

नगर प्रमुख नारायण वनले फोहरलाई नयाँ ढङ्गबाट व्यवस्थापन गर्ने गरी निजी कम्पनीलाई  जिम्मेवारी दिइएको बताउनुभयो । निजी क्षेत्रलाई फोहरको व्यवस्थापन गर्ने जिम्मा दिएसँगै नगरपालिकालाई वार्षिकरूपमा रु ७८ लाख बचत हुने भएको छ । सो रकम विकास निर्माणमा खर्च गरिने उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण