२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा सुविधासम्पन्न पेट्रोलपम्प सञ्चालनमा

२०७६, ८ कार्तिक शुक्रबार १३:१०

कात्तिक ८, तनहुँ | बन्दीपुर गाउँपालिका–१ डुम्रे चिसापानीमा सुविधासम्पन्न नयाँ पेट्रोलपम्प आजदेखि सञ्चालनमा ल्याइएको छ । डुम्रेका व्यवसायी गोपाल अधिकारीले करीब रु साढे छ करोडको लागतमा अत्याधुनिक सुविधासहितको कँुवेर आयल सप्लायर्स र केओएस रेष्टुरेन्ट सञ्चालनमा ल्याउनुभएको हो ।

उक्त पम्पको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लले एक समारोहका बीच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले फराकिलो स्थान, सुन्दर सजावट तथा एक पटक धेरै सवारी साधनले पेट्रोलियम पद्धार्थ लिन सक्ने क्षमताको देख्दा पृथ्वीराजमार्गमा सबैभन्दा राम्रो लागेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले तनहुँ, लमजुङ, गोरखा, मनाङको व्यापारिक केन्द्र डुम्रेबजार भएको र पर्यटकीयस्थल पनि भएकाले प्रट्रोलियम पद्धार्थका लागि यस्ता सुविधासम्पन्न पम्प स्थापना गर्नु सबैका लागि सहज र  खुशीको कुरा भएको बताउनुभयो ।


पम्पका लागि जमीनबाहेक रु छ करोड लगानी गरिएको सञ्चालक गोपाल अधिकारीले जानकारी दिनुभयो । उक्त पम्प छ रोपनी आठ आना जग्गा क्षेत्रफलमा निर्माण गरिएको उहाँले बताउनुभयो । सञ्चालक अधिकारीका अनुसार दैनिक एक लाख लिटर बिक्री गर्न सक्ने क्षमता भएको र एकै पटक आठ सवारी साधनमा डिजेल तथा पेट्रोल राख्ने सुविधा भएको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस