२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिलिपिन्समा भूकम्प : छ जनाको मृत्यु, ३०० घाइते

२०७६, १२ कार्तिक मंगलवार १५:३८

कात्तिक १२, मनिला (रासस/सिन्ह्वा)  । दक्षिण फिलिपिन्समा मंगलबार गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ६ जनाको मृत्यु भएको फिलिपिन्सका अधिकारीले बताएका छन् । भूकम्पका कारण ३०० भन्दा बढी व्यक्ति घाइते भएका बताइएको छ ।

भूकम्प धक्का कतिपय स्थानमा एक मिनेटसम्म अनुभव गरिएको थियो । भूकम्पबाट सर्वसाधारणका घरहरुका साथै ठुल्ठूला भवनहरु र स्कुलका कक्षाकोठाहरुमा क्षति पुगेको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्प ६.६ म्याग्निच्युडको थियो । यसलगत्तै अरु ५.८ म्याग्नीच्यूडको परकम्प जानुका साथै अरु ससाना परकम्पहरु पनि गएका थिए । पहिलो धक्का स्थानीय समयअनुसार विहान ९ः०४ मा तादुनान शहरको २५ किलोमिटर दक्षिणपूर्वमा सात किलोमिटरको गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको थियो ।

भूकम्पका कारण स्थानीय प्रशासनले स्कुलहरु बन्द गर्न सूचना जारी गरेको थियो । दुई साताअघि पनि फिलिपिन्समा ६.४ म्याग्नीच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै दर्जनौं भवनमा क्षति पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने