२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हत्याको आरोपमा बाबुछोरा पक्राउ

२०७६, १३ कार्तिक बुधबार ११:४७

कात्तिक १३, राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराटोल बस्ने  २३ वर्षीय अजय मुखियालाई गाडेर हत्या गरेको आरोपमा पक्राउ परेका बाबुछोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ  ।  

जिल्ला प्रहरी कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा मुखियाको हत्याको आरोपमा पक्राउ परेका स्थानीयवासी श्रीलाल सरदार  र उनका १९ वर्षीय छोरा विजय सरदारलार्ई सार्वजनिक गरेको हो ।  

मृतकका  आफन्तले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा आफनो छोरा हराएको  दिएको निवेदन र  निवेदकसँग घटनाको विषयमा विस्तृत जानकारीको आधारमा बेपत्ता भएका अजयकुमार मुखियालाई शङ्कास्पद स्थानमा खोजतलास गर्ने गराउने क्रममा कञ्चनरुप नगरपालिका–५ स्थित उत्तरतर्फ त्रियुगा नदीकै किनारमा ५ फिट मुनि खाल्डो खनी माटोमा गाडिएको अवस्थामा शव फेला परेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताउनुभयो ।  

घटनामा संलग्न रहेको भनि निवेदकद्वारा नाम खुलाइएका व्यक्तिलाई खोजतलास गर्ने क्रममा जिल्ला सप्तरी कञ्चनरुप नगरपालिका–५ पिप्रा बस्ने श्रीलाल सरदारलाई उदयपुर जिल्लाको कटारीबाट पक्राउ गरिएको थियो । 

श्रीलाल सरदारले बताएअनुसार कात्तिक ५ गते पुनः त्रियुगा नदीको आसपासका ठाउँमा खोजतलास गरेको तर फेला नपरेको र तत्पश्चात भोलिपल्ट सरदारको छोरा विजय सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको छोरा विजयले गाडिएको भनि बयान दिँदा निजले बताए बमोजिम उक्त स्थानमा खोजतलास गर्दा अजयकुमार मुखियाको मृत शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको  छ  ।

त्रियुगा नदीको किनारमा झिङ्गा लागि रहेको ठाउँमा शङ्का मानी खाल्टो खनेर हेर्दा अजयकुमार मुखिया र रमेश सरदारको ज्याकेटलगायत रौं र रगत जस्तो देखिने रातो पदार्थ फेला पारिएको  र उक्त बरामद गरिएको समानलाई परीक्षणको लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको प्रहरी उपरीक्षक  प्रसार्इंले बताउनुभयो । 

कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ  । उक्त घटनामा संलग्न श्रीलाल सरदार र उनको छोरालाई नियन्त्रमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो  ।

मृतक अजयकुमार मुखियासहित स्थानीयवासी श्रीलाल सरदारसहित सातजना गाउँका व्यक्ति जङ्गलको बँदेल मार्ने योजना बनाइ शिकार गर्न गएका थिए । सो क्रममा बँदेललाई धान खेतमा करेन्ट लगाएर मार्ने क्रममा अजयको बिजुलीको पासोमा करेन्ट लागि मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान छ ।  

उनीसँगै गएको  बाँकी सबै जना मिलेर मृतकलाई बेपता पारी गाडिएको अशङ्काको आधारमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यो घटनमा फरार अन्य व्यक्तिको पनि खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिनुभयो  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा