२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

दुई महिनामा चार गैंडा मरे

२०७६, १४ कार्तिक बिहीबार ०५:३९

कात्तिक १४, चितवन | चितवन राष्ट्रिय निकुञ्जमा भदौ यता कालगतीले चार वटा गैंडा मरेका छन् । भदौ ११ गते देखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा चार वटा गैंडा मरेका हुन् ।

निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो पटक कात्तिक ९ गते भरतपुर महानगरपालिका वडा नम्वर २५ को राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ४० वर्षको भाले गैंडा मरेको हो । बुढो भएर हिडडुल गर्न र चर्न नसके पछि निगरानीमा राखिएको गैंडा मरेको उहाँले जानकारी दिनु भयो ।

यस अघि असोज २९ गते भरतपुर महानगरपालिका वडा नम्वर २८ को वरदाहा सामुदायिक वनमा एउटा गैंडाको हाडखोर भेटिएको थियो । त्यस अघि असोज ५ गते सौराहाको खोरसोरमा र भदौ ११ गते राप्ती नियन्त्रण सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको थियो । ती सवै गैंडा कालगतीले मरेका हुन् ।

गत वर्ष निकुञ्ज क्षेत्रमा कालगतीका कारण ४१ वटा गैंडा मरेका थिए । चोरी शिकारीवाट गैंडा मर्न नपाए पनि पछिल्ला वर्षहरुमा कालगतीवाट धेरै गैंडा मर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडा मृत्युका कारण अध्ययन गर्न समिति गठन गरी काम अघि बढाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण