२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोइङका ५० वटा बिमानमा क्षति भएको देखिएपछि “ग्राउन्डेड”

२०७६, १४ कार्तिक बिहीबार १०:४०

कात्तिक १४, सिड्नी, (रासस-एएफपी) । बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा गरेको छ । यसअघि नै दुई वटा घातक दुर्घटना व्यहोरेको बोइङका लागि यो अर्को गम्भीर समस्या हो । 

अस्ट्रेलियाली राष्ट्रिय ध्वजाबाहक क्वान्टासले एउटा बिमानमा समस्या भेटिएपछि ग्राउन्डेड गरेको जनाएको छ । क्वान्टासले यही सिरिजका अरु ३२ बिमानको पनि परीक्षण गर्न लागेको छ, तर कम्पनीले यात्रुहरुलाई चिन्ता नलिन आग्रह गरेको छ ।

गत अक्टोबरको शुरुमै दक्षिण कोरियाली अधिकारीहरुले बिमानमा क्षति देखिएको पत्ता लगाएसँगै नौ वटा बिमान ग्राउन्डेड गरेका थिए । यी बिमानमध्ये कोरियन एयरका पाँच वटा थिए ।

बिमानमा समस्या देखिएलगत्तै अमेरिकी नियामक निकायले बिमानको तत्काल परीक्षण गर्न बोइङ कम्पनीलाई आदेश दिएको थियो । 

क्वान्टासको घोषणालगत्तै बोइङ कम्पनीका एक जना प्रवक्ताले बिहीबार नै एक हजार बिमानमध्ये ५ प्रतिशतभन्दा कम बिमानमा स–साना दरार देखिएको बताएका छन् । प्रवक्तले ती बिमानको मर्मत शुरु भइसकेको पनि जानकारी दिए ।

क्वान्टासको इन्जिनियरिङ विभागका प्रमुख क्रिस स्नूकले बिमान पूर्णरुपमा सुरक्षित महसुस नगर्दासम्म कुनै पनि बिमान नउडाउने बताउनुभयो ।

अमेरिकी नियामक निकाय संघीय नागरिक उड्डयन प्रशासनले ३० हजार पटकभन्दा बढी उडेका सबै ७३७एनजी सिरिजका बिमानको तत्कालै प्राविधिक जाँच गर्न आदेश दिइसकेको छ । तर क्वान्टासले ३० हजार पटकभन्दा कम उडेका बिमानमा पनि यस्तै समस्या देखिएको जनाएको छ ।

यी बिमानहरु सामान्यतया अस्ट्रेलियाभित्र र छिमेकी न्यूजील्यान्डसम्म मात्र उडाइएको क्वान्टासले जनाएको छ । 

अस्ट्रेलियाली नियामक निकायले अस्ट्रेलियाकै निजी क्षेत्रको भर्जिन एयरवेजले बोइङ ७३७एनजी सिरिजका सबै १७ वटा बिमानको प्राविधिक परीक्षण सम्पन्न गरिएको र त्यसमा कुनै समस्या नदेखिएको जनाएको छ ।

बोइङका ७३७ म्याक्स सिरिजका लगातार दुई वटा बिमान दुर्घटना हुँदा ३४६ जनाको मृत्यु भएपछि बोइङका बिमानहरुको सुरक्षाप्रति सर्वत्र चासो उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने