बालक सहित नारायणीमा हाम फालेका युवाको पहिचान हुन सकेन

साझासवाल
1 Min Read

<p><b>कात्तिक १५, चितवन (रासस) |</b> लक्ष्मीपूजाका दिन एक बच्चासहित नारायणी नदीमा हामफालेका युवाको सनाखत हुन सकेको छैन । उनले काखमा बोकेको भनिएको बच्चाको अवस्था अज्ञात रहेको छ ।&nbsp;<br></p><p>जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अन्दाजी ३० वर्षीय पुरुषको शव नदीमा भेटिएको थियो । निजको हालसम्म सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । निजले साथमै अन्दाजी १० वर्षीय बच्चा बोकेको भनी प्रत्यक्षदर्शीले बताएका थिए । नदीमा खोजतलासका क्रममा ती बच्चा भने फेला पर्न नसकेको उहाँले जानकारी दिनुभयो ।&nbsp;</p><p>यही कात्तिक १० गते अपराह्न ४ बजेतिर ती युवक बच्चा बोकेर नारायणगढ बजार नजीकै पुलबाट नारायणी नदीमा हामफालेको भन्दै प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए । उद्धारका क्रममा ती पुरुषको शव भेटिएको थियो भने बच्चाको अवस्था अज्ञात रहेको छ । शवको मुचुल्क उठाएर शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply