२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघ महिनासम्म रानीपोखरीमा पानी

२०७६, १७ कार्तिक आईतवार ०७:२०

शर्मिला पाठक, कात्तिक १७, काठमाडौँ  । लामो समयदेखि पानीविहीन ऐतिहासिक रानीपोखरीमा आगामी माघ महिनासम्ममा पानी राख्ने तयारी भएको छ । 

राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले आउँदो पुस मसान्तसम्ममा रानीपोखरीको पिँधमा कालो माटो राखी माघमा महिनाभित्र पानी राख्ने तयारीका साथ काम भइरहेको जनाएको छ । पिँधमा राख्ने माटो भक्तपुर, पनौती र सतुङ्गलबाट ल्याइनेछ ।

पोखरी पुनरनिर्माण शुरुआती समयमा यहाँ रहेको माटो र पानी अन्तै लगिएको हुनाले अहिले राख्ने तयारी गरिएको हो । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनरनिर्माणको जिम्मा प्राधिकरणले पाएसँगै कामले गति लिएको छ ।

शुरुको समयमा पुनरनिर्माणको जिम्मा काठमाडौँ महानगरपालिकाले पाए पनि काम हुन नसकेपछि पछिल्लो समय पुनरनिर्माणको जिम्मा प्राधिकरणले पाएको हो । प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरका अनुसार बालगोपालेश्वर मन्दिरको पुनरनिर्माणको काम ६० प्रतिशत सकिएको छ भने पोखरीको बाहिरी भागको काम पनि धमाधम भइरहेको छ । 

हाल मन्दिर वरपर सफाइ र मन्दिर पुनरनिर्माणका लागि आवश्यक पर्ने काठ निर्माण भइरहेका छन् । बाहिरबाट देखिने काम नभए पनि पुनरनिर्माणका लागि आवश्यक पर्ने सामग्री निर्माण भइरहेका छन् । मन्दिर पुरानै शैली (ग्रन्थकुट/शिखर) मा पुनरनिर्माण गर्न गत असार २४ गते राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको दिनदेखि १० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी सिएर तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ । 

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनरनिर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो । विसं २०७३ को भाइटीकामै मन्दिर खुला गरिने उद्देश्यले निर्माण गर्न लागिएको उक्त मन्दिर चार वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन । 

मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनरनिर्माण गर्ने गरी प्राधिकरणलाई जिम्मेवारी दिएको थियो । 

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् । पोखरीको निर्माण कार्य करीब पाँच वर्षभित्र अर्थात नेसं ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो । नेसं ७९० (विसं १७२७÷ई.सं. १६७०) मा शिलापत्र राखिएको थियो । 

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ । 

पुनरनिर्माणको काम पूर्णरूपमा हुन नसक्दा यस वर्षको तिहारमा पनि सर्वसाधारणले मन्दिरभित्र नै गएर बालगोपालेश्वरको दर्शन गर्न नपाउँदा बाहिर नै मूर्ति राखेर दर्शनको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा