२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लेबनानी पाउण्डको विनिमय दरमा छ प्रतिशत गिरावट

२०७६, १९ कार्तिक मंगलवार १५:४०

कात्तिक १९बेरूत, लेबनान रासस/िन्ह्वा) ।  विगत दुई महिनादेखि लेबनानी व्यापारीले खाद्यान्नको मूल्यवृद्धि भएको बताएका छन् । 

लेबनानी पाउण्डसँग अमेरिकी डलरको मूल्य बढेपछि लेबनानमा खाद्यान्नको मूल्यदरमा वृद्धि भएको हो । लेबनानी पाउण्डको मूल्य अमेरिकी डलरसँग दुई महिना पहिले (अगस्ट) को तुलनामा छ प्रतिशतले कमी आएसँगै लेवनानमा डलरको अभावसमेत देखिन थालेको छ ।

“चिनी, चामललगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा पछिल्लो समय वृद्धि भएको मेरो अनुभव छ,” लेबनानको प्रसिद्ध बजार स्पिनीमा नियमित सामान किन्दै आएका उपभोक्ता मोनाले सिन्ह्वासँगको कुराकानीमा बताउनुभयो । मोनाले भन्नुभयो,“पछिल्लो दुई÷तीन महिनामा मेरो खाद्यान्नको बिलमा करिब १० प्रतिशतले वृद्धि आएको छ ।”

अर्का उपभोक्ता फेरियलले पछिल्लो समय खासगरी मासु र दुधजन्य सामानको मूल्य आकासिएकोमा आश्चर्य व्यक्त गर्नुभयो । 

त्यसैगरी पछिल्लो मुद्रा सङ्कटले आफ्नो व्यवसाय धाराशायी भएको कम्प्युटरका सामान आयात गर्ने एक व्यापारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

उहाँले भन्नुभयो, विदेशबाट सामान खरिद गर्दा डलरमा खरिद गर्नुपर्ने र डलरको मूल्य लेबनानी पाउण्डको तुलनामा बढेकोले कम्प्युटरको सामानमा मूल्य बढाउनुको विकल्प छैन । मूल्यमा एक्कासी वृद्धि गर्नुपर्दा व्यापारमा निकै गिरावट आएको उहाँको धारणा थियो ।

लेबनानमा डलरको अभाव भएको कथा सुनाउँदै उहाँले भन्नुभयो, “बैंकहरूले सरकारले तोकेको मूल्यमा लेवनानी पाउण्डसँग डलर साट्न निकै आनाकानी गर्ने गरेकोले विदेशबाट सामान खरिद गर्नका लागि डलरको अभाव हुने गरेको छ । यसका कारण डलर साट्न कालो बजारियासँग पुग्नुपर्ने भएको छ ।”

उहाँले भन्नुभयो, “त्यसैले बजार मूल्यमा सामान दिन कठिनाई हुन्छ । डलर साट्दा लागेको आर्थिक भार ग्राहकको थाप्लोमा पर्ने गरेको छ । तर अकस्मात भएको मूल्यवृद्धिको कारण ग्राहकलाई बुझाउन कठिन छ । फलतः उनीहरूबाट टाढा हुनुपर्ने बाध्यता व्यापारीको हुन्छ । व्यापार निकै खस्किन थालेको छ ।” 

सरकारले एक अमेरिकी डलरको मूल्य एक हजार ५०७ लेबनानी पाउण्ड तोकेको छ । आर्थिक मन्दीका कारण डलरको भाउ बढेको, आर्थिक अनिश्चितताका कारण लेबनानबाट विदेशमा गएकाले रेमिट्यान्स (विप्रेषण) पठाउने क्रम घटेकोले लेबनानको वैदशिक मुद्रा सञ्चिती घटेर जर्जर अवस्थामा पुगेको छ ।   यसले गर्दा सामान आयात गर्न डलर साट्न खोज्ने व्यापारी र भ्रमण वा अन्य कारणले विदेश जाने नागरिकले डलरको अभाव झेल्नुपरेको छ ।

व्यापारी तथा सर्वसाधारणले डलर साट्नु पर्दा सरकारले तोकेका एक अमेरिकी डलर बराबर एक हजार ५०७ लेबनानी पाउण्डभन्दा ५०० पाउण्ड बढी तिरेर पनि डलर साट्न सहज छैन । लेबनानीहरूले प्रति डलर एक हजार ६०० लेबनानी पाउण्ड तिरेर डलर पाउँदा ठूलो युद्ध जितेकोजस्तो अनुभब गर्नुपर्ने बाध्यता छ ।

घरायसी सामग्री खरिद्का लासिग आर्थिक तथा सामाजिक परिषद्का व्यापार प्रतिनिधि आदनान रम्मालले भन्नुभयो, “बैंकले लेबनानी पाउण्डसँग डलर साट्न निकै कडाई गरेका छन् । यसको असर सर्वसाधारणसम्म पुगेको छ ।”

रम्मालका अनुसार आयातित विदेशी सामानको मूल्यमा सरकारले तीन प्रतिशत दरभार थपेको छ यो सिधै उपभोक्ताबाट उठाउनुपर्ने बाध्यता व्यापारीलाई छ । 

आर्थिक मन्दीको प्रभाब व्यापार क्षेत्रमा पर्दा यस बर्षको अन्त्यसम्ममा झण्डै १५ प्रतिशत लेबनानी व्यवसायी आफ्नो पेशाबाट धराशायी बन्ने अवस्था आएको रम्मालले बताउनुभयो । कैयौँले त उनीहरूका व्यवसायलाई विस्तारै खुम्चाइसकेका उहाँले बताउनुभयो ।

लेबनानी उपभोक्ता संघका अध्यक्ष जोहाइर बेरोले लेबनानी सरकारी अधिकारीले यहाँको सम्पूर्ण आर्थिक प्रणालीको पुनरावलोकन गर्ने समय आएको सिन्ह्वासँग बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले कृषि र उद्योगका क्षेत्रमा लगानीको संरक्षण गर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गरी वैदेशिक आयातमा कम भर पर्नुपर्ने अवस्था टड्कारोरूपमा देखिएको छ । अन्यथा लेबनानको अर्थतन्त्र थप धाराशायी बन्ने छ र लेबनानी बजार मूल्य थप आकासिने छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा