2026-08-24 08:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सडक मर्मतमा ढिलासुस्ती हुदाँ दिक्तेल-पञ्चमी बस चल्न सकेन,सर्वसाधरणलाई सास्ती

चिसाङ शेर्पा | कार्तिक २०, खोटाङ | कच्ची सडक मर्मत कार्यमा ढिलासुस्ती हुदाँ करिब ६ महिना चल्ने यात्रुबहाक बस सेवा चल्न सकेको छैन । साकेला गाउँपालिका–५ मात्तिमको तावाखोला पश्चिमतर्फ भलबाढीले भत्काएको सडक मर्मत गर्ने जिम्मा लिएको निर्माण उपभोक्ता समितिले काममा ढिलाई गरेपछि बस सेवा चल्न नसकेको हो |

ग्याभिङ हालिएको करीव ४५ मिटर सडक भलबाढीले भत्काएपछि भौतिक पुर्वाधार विकास मन्त्रालय उदयपुरसँग सम्झौता र गाउँपालिकाको साझेदारीमा करिब २२ लाखमा भत्किएको सडक सहित बाझेच्यान डाँडा र रतन्छाको विचविचमा भत्किएको सडक बनाउन गठन गरिएको संयुक्त सडक निर्माण समितिले दशैपछिबाट काम थाले पनि खास काम गरेन । हिउदमा मात्रै चल्ने सडक नबनाउदा सर्वसाधरणलाई शास्ती भएको छ । पेश्की रकम नदिएको र वर्षातका कारण काममा ढिला भएको निर्माण समितिका सदस्य निर चाम्लिङले स्वीकार गरे । काममा ढिला भएकै हो । उनले भने, अहिले भने धमाधम काम भइरहेको छ ।

उक्त रुटमा हामी बस चलाउन तयार छौ । तर, सडक बनेको छैन, स्थानीय सरकारले पनि ताकेता गरेको देखिन्दैन यातायात व्यवसायी भन्छन्,“हिउदमा मात्रै चल्ने सडक अहिले पनि नबने कहिले बन्ने अनि गाडी कुद्ने बर्खामा ? प्रश्न गरे ।” यता गाउँपालिका अध्यक्ष अर्जुन खड्काले भने काममा ढिलाई भएकाले भौतिक पुर्वाधार विकासको कार्यालयलाई काम छिटो सकाउन अनुरोध गरिएको र निर्माण उपभोक्ता समितिलाई ताकेता गरिरहेको बताए । बेलैमा सडक तयार नहुंदा दिक्तेलबाट दिप्रुङ चुईचुम्मा गाउँपालिकाको सप्तेश्वर छितापोखरीको पञ्चमीबजार हुंदै जिल्लाको दक्षिणी क्षेत्रका सर्वसाधरण एकदिन पैदल हिड्न बाध्य छन् । यातायात नचल्दा बालबालिका, बृद्धबृद्धा, अशक्तहरुलाई यात्रा गर्न समस्या भईरहेको छ ।

तावाखोलामा पक्की मोटरेबल पुल नहुंदा वर्षपिच्छे राज्यको लाखौ बजेट खर्चेर डाईभर्सन बनाईने गरिन्छ । पुल नभएको कारण खोला तर्न नसकेर खोलामै छोडिएको एकवटा यात्रुबहाक बस नै खोलाले बगाएको थियो । प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय उदयपुर र नेशनल महाविर र सिद्धिसाई जेभिविच २०७५ बैशाख २१ गते सम्झौता भएपछि अब भने त्यहाँ ४० मिटर लम्बाईको स्टिल प्लेट गे्रर्डर पुल बन्ने भएको छ । हाल कछुवा गतीमा पुलको काम भईरहेको छ । स्थानीय सडक पुल सहयोग इकाईको प्राविधिक सहयोग र प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ४ करोड ५१ लाख ३५ हजार १९५ रुपैयाँ लागतमा बन्ने पुल २०७७ बैशाख २१ गते सम्पन्न हुनुपर्ने भए पनि समयमै नसकिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते