२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै आठ लाख ठगी गर्ने पक्राउ

२०७६, २२ कार्तिक शुक्रबार १४:४६

कात्तिक २२, काठमाडौँ । नेपाल प्रहरीले जर्जिया पठाइदिने भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारको सिलसिलामा जर्जिया पठाइदिन्छु भनी रु आठ लाख ५० हजार ठगी गर्ने दोलखाका रामकृष्ण राईलाई बिहीबार मोरङबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज सार्वजनिक गरेको हो । 

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जर्जियामा ‘क्लिनर्स’मा जागिर लगाइदिने र उक्त कम्पनीले मासिक रु ९० हजार तलब र खान बस्ने सुविधा दिने भनी प्रलोभनमा पारेर ठगी गरेकाले राईलाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

“पक्राउ व्यक्तिले राजन राईसँग रु तीन लाख ५० हजार र ईन्द्र लिम्बूबाट रु पाँच लाख लिई ठगी गरेको अनुसन्धानमा खुल्न आएको छ”, उहाँले भन्नुभयो । पक्राउ परेका व्यक्तिले अरु व्यक्तिसँग पनि ठगी गरेको फेला परेको छ । महाशाखाले पक्राउ व्यक्तिसँग आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा