२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्घटनामा विद्यार्थी नेता शाहीको मृत्यु

२०७६, २३ कार्तिक शनिबार ०७:०९

कात्तिक २३, राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते विद्यार्थी नेताको मृत्यु भएको छ । मोटरसाइकल चालक विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले जानकारी दिनुभयो । 

उहाँका अनुसार अनेरास्ववियुका केन्द्रीय सदस्य शाहीले चलाएको बा ५८ प २१८६ नं को मोटरसाइकल बिहीबार राति बा १९ च १२१४ नं को कारसँग बाँकेको राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगञ्ज नजिक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार शाहीसहित दुईजना घाइते भएका थिए । मोटरसाइकलको पछाडी सवार नवीना शाहीको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । 

कोहलपुरदेखि शम्शेरगञ्जतर्फ जाँदै गरेको अटोरिक्सालाई गएराति ट्रकले ठक्कर दिँदा अटोरिक्सा चालक गम्भीर घाइते हुनुभएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक बमका अनुसार, ट्रकको ठक्करबाट राप्तीसोनारी– ८ की धनसरा बुढा घाइते हुनुभएको छ । घाइतेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा