२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नेपाल–भारत ४५ नम्बर सीमा स्तम्भको निरीक्षण

२०७६, २४ कार्तिक आईतवार १४:०४

कात्तिक २४, चितवन | जिल्ला सुरक्षा समिति चितवनले आइतबार माडी नगरपालिकामा पर्ने नेपाल–भारत ४५ नम्बर सीमा स्तम्भको निरीक्षण गरेको छ । 

चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लसहितको टोली स्तम्भको वर्तमान अवस्था बुझन त्यहाँ पुगेको हो । 

चितवनको तीनवटा स्थानमा नेपाल–भारत स्तम्भहरु क्रमशः ४४, ४५ र ४६ नम्बर पर्छ । माडीको दक्षिणी क्षेत्रमा पर्ने चुरे पर्वतमा ४५ नम्बरको स्तम्भ रहेको दशगजा क्षेत्रमा ऐतिहासिक पर्यटकीय क्षेत्र सोमेश्वरगढी रहेको छ । 

यस क्षेत्रमा नेपाली भूमि भारतले अतिक्रमण गर्न थालेपछि पानी ढलको सिद्धान्तअनुसार सीमा निर्धारण गरिएको स्थानीय हरि भुसालले बताउनुभयो । 

भारतले यहाँ रहेको सोमेश्वर मन्दिरमा पूजा गर्न आउने निहुँमा पटक–पटक सीमा स्तम्भ सार्ने प्रयास गर्ने गरेको स्थानीयहरु बताउँछन् । नेपाली भूमि अतिक्रमणको आशङ्का गर्दै माडीका स्थानीयवासीहरुले अहिले यस क्षेत्रमा चहलपहल बढाएका छन् । 

राष्ट्रियता र धार्मिक पर्यटनको महत्व बोकेको यस ठाउँ नेपालको १०० पर्यटकीय गन्तव्य मध्येको एक हो । बडा दशैँ र चैते दशैँको समयमा विशेष धार्मिक महत्व रहेको सोमेश्वर कालिकामा नेपाल र भारतका लाखौँ भक्तजनहरु जाने गर्दछन् । 

प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार सुरक्षा समितिले सीमा निरीक्षणको काम निरन्तर गरिरहेको जानकारी दिनुभयो । आइतबार अवलोकन पश्चात बस्नेतले स्तम्भ क्षेत्र वरपर दुवै देशबीच कुनै पनि विवाद नभएको प्रतिक्रिया दिनुयभो । उहाँले सीमा क्षेत्रमा कुनै पनि विवाद उत्पन्न हुन नदिन दुवै देशका प्रतिनिधिले पटकपटक बैठक बस्ने गरेको र एकै साथ सीमा क्षेत्रमा अनुगमन एवं निरीक्षण गर्ने गरेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण