२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रोग पहिचान नगरी शल्यक्रिया गर्दा १७ वर्षीया युवतीको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार ०७:०३

कात्तिक २६, पाल्पा | रोग पहिचान नगरी शल्यक्रिया गर्दा गुल्मी रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसालीको मृत्यु भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा ‘एपेन्डिक्स’को उपचारका क्रममा शल्यक्रिया गर्दा बिरामीको रक्त नशा फुटेर रगत बगेकोे अस्पतालको दाबी छ । 

लुम्बिनीमा थप उपचार हुन नसक्ने भएपछि चिकित्सकसहितको टोलीसँग भैरहवा मेडिकल कलेजमा उपचारका लागि बिरामीलाई लगिएको थियो । शनिबार सामान्य बिरामी भएपछि पाल्पामा उपचारका लागि ल्याएको र आइतबार बिरामीको शल्यक्रिया गर्दा गदै मृत्यु भएको मृतककी आमा रेश्मी रसालीले जानकारी गराइन् । शल्यक्रिया गर्दा लापरवाहीमा छोरीको मृत्यु हुन गएको आमा रेश्मी रसालीको दाबी छ ।

एपेन्डिक्सको शल्यक्रिया गर्दा पेटभित्र नशा फुटेर रगत जमेको थियो । जमेको रगत हटाइयो । नशा फुटेर बगेको रगत रोक्नका लागि नशाको शल्यक्रिया गर्न भैरहवा मेडिकल कलेजमा चिकित्सकसहित पठाइएको कलेजका वरिष्ठ सर्जर डा. राजकुमार क्षेत्रीले बताए ।

कलेजका प्रवक्ता कृष्ण पराजुलीले शल्यक्रियापछि थप उपचार आवश्यक रहेकोले भैरहवा लैजाँदा मृत्यु भएको बताए । पीडित र अस्पतालबीच पटक–पटक सहमतिका लागि वार्ता भएको छ ।  मृतकको शव भैरहवास्थित कलेजमा रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस