२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रोग पहिचान नगरी शल्यक्रिया गर्दा १७ वर्षीया युवतीको मृत्यु

२६ कार्तिक २०७६, मंगलवार ०७:०३

कात्तिक २६, पाल्पा | रोग पहिचान नगरी शल्यक्रिया गर्दा गुल्मी रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसालीको मृत्यु भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा ‘एपेन्डिक्स’को उपचारका क्रममा शल्यक्रिया गर्दा बिरामीको रक्त नशा फुटेर रगत बगेकोे अस्पतालको दाबी छ । 

लुम्बिनीमा थप उपचार हुन नसक्ने भएपछि चिकित्सकसहितको टोलीसँग भैरहवा मेडिकल कलेजमा उपचारका लागि बिरामीलाई लगिएको थियो । शनिबार सामान्य बिरामी भएपछि पाल्पामा उपचारका लागि ल्याएको र आइतबार बिरामीको शल्यक्रिया गर्दा गदै मृत्यु भएको मृतककी आमा रेश्मी रसालीले जानकारी गराइन् । शल्यक्रिया गर्दा लापरवाहीमा छोरीको मृत्यु हुन गएको आमा रेश्मी रसालीको दाबी छ ।

एपेन्डिक्सको शल्यक्रिया गर्दा पेटभित्र नशा फुटेर रगत जमेको थियो । जमेको रगत हटाइयो । नशा फुटेर बगेको रगत रोक्नका लागि नशाको शल्यक्रिया गर्न भैरहवा मेडिकल कलेजमा चिकित्सकसहित पठाइएको कलेजका वरिष्ठ सर्जर डा. राजकुमार क्षेत्रीले बताए ।

कलेजका प्रवक्ता कृष्ण पराजुलीले शल्यक्रियापछि थप उपचार आवश्यक रहेकोले भैरहवा लैजाँदा मृत्यु भएको बताए । पीडित र अस्पतालबीच पटक–पटक सहमतिका लागि वार्ता भएको छ ।  मृतकको शव भैरहवास्थित कलेजमा रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला