२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा श्रीमान विदेश गएको माैका पारी जेठी पत्नीले गरिन् कान्छीको हत्या

२०७६, २८ कार्तिक बिहीबार ०४:३१

कात्तिक २८, सर्लाही (रासस) । सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । 

शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

पराल काट्ने फलामको गरास (धारिलो हतियार) ले हत्या गरी झोलामा हालेर फाल्न लागेको अवस्थामा मृतक खुर्सिदाको शव बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

“खुर्सिदाको घाँटी, टाउको, छाती र हातमा गहिरो काटिएको छ । खुर्सिदाको विभत्स तरिकाले हत्या गरिएको हो”, उपरीक्षक भट्टराईले भन्नुभयो ।  

घरमा कोही नभएको अवस्थामा कोरैसाले खुर्सिदाको हत्या गरेकी हुन् । जेठीको सन्तान नभएपछि श्रीमान् बलालले तीन महिना पहिले मात्र खुर्सिदासँग बिहे गरेका थिए ।

तीन दिन पहिले मात्र बलाल विदेश गएको मौका छोपी जेठीले कान्छीको हत्या गरेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिनुभयो । 

हत्या गरेर बोरामा हाली घर नजिकै फालेको अवस्थामा उनको शव बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हत्यामा प्रयोग गरिएको हतियार लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

हत्यामा संलग्न कोरैसालाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी