२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडी डोजर प्रकरण : महिला हुत्याउने चालक जेल चलान

२०७६, १ मंसिर आईतवार १५:५१

मङ्सिर १, बैतडी । जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालकलाई पुपक्र्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालतले डोजर चालक किशोर बोहरालाई पुपक्र्षका लागि थुनामा पठाउन आदेश दिएको हो । 

जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउनका लागि आज आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता भानदेव जोशीले जानकारी दिनुभयो । यस्तै अदालतले चालक बोहरालाई डोजरले हुत्याउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीयवासी  भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही रु ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ । गत कात्तिक ४ गते ग्वाल्लेकको चिलाउनेमा सडक निर्माणका क्रममा स्थानीयवासी गौरी जोशीलाई डोजर चालकले हुत्याएको थियो ।

सडक निर्माण गर्ने र सडक निर्माण गर्न नदिने पक्षबीच विवाद हुँदा झडपसमेत भएको थियो । आफूहरुको जमीनमा जबरजस्ती डोजर चलाएको भन्दै सडक रोक्ने पक्षले अवरोध गर्दा डोजर चालकले महिलालाई हुत्याएको थियो । चालक बोहरालाई प्रहरीले कात्तिक ४ गते नै पक्राउ गरेको थियो । 

यस्तै डोजर चलाउन उक्साउने डोजर मालिक जोशी, स्थानीयवासी भोजराज र धर्मानन्दलाई कात्तिक ६ गते पक्राउ गरिएको थियो । सडक रोक्नुपर्छ भन्ने पक्षका दुर्गादत्त जोशीलाई पनि सार्वजनिक स्थानमा शान्तिमा खलल पु¥याएको कसुरमा मुद्दा दर्ता गरेर प्रहरीले पक्राउ गरेको भए पनि उनी हाल प्रहरी हिरासतमै छन् । प्रहरीले अनुसन्धान गरेर फाइल बुझाइसकेकाले सोमबार जिल्ला प्रशासन कार्यालयले टुङ्गो लगाउने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो ।  

छानबिन समितिले प्रतिवेदन बुझाउन सकेन्

बैतडी डोजर प्रकरणका विषयमा अदालतले निर्णय गरिसकेको अवस्थामा पनि गत कात्तिक ५ गते स्थानीय प्रशासनले गठन गरेको छानबिन समितिले भने अझै प्रतिवेदन बुझाउन सकेको छैन । सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगी नेतृत्वको छानबिन समितिले हालसम्म प्रतिवेदन बुझाउन सकेको छैन । 

शुरुमा छानबिन समितिको प्रतिवेदन समय सीमा ४८ घण्टाको राखिएको थियो । उक्त समय सीमामा प्रतिवेदन बुझाउन नसकेपछि पाँच दिनको म्याद थप गरिएको थियो । डोजर प्रकरणका विषयमा प्रतिवेदन तयार भएको तर प्रमुख जिल्ला अधिकारी जिल्ला बाहिर भएकाले बुझाउन नसकिएको समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनुभयो । सो प्रकरणमा दोषी देखिएकाले कानूनअनुसार कारवाही हुनुपर्ने समितिले तयार पारेको प्रतिवेदनको सार रहेको समितिले जनाएको छ ।

छानबिन समितिले तयार पारेको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीको रायसहित प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोगमा पठाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दशरथचन्द नगरपालिका–९  सुन्नाखानदेखि पार्ससम्म जोड्ने उक्त सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा डोजर चालक बोहराले महिलालाई हुत्याएपछि घटनाले ठूलो रुप लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा