२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला हत्या प्रकरण : किटानी जाहेरीबारे प्रजिअको ध्यानाकर्षण

२०७६, २ मंसिर सोमबार १२:३२

मङ्सिर २, कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका– २ की १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा किटानी जाहेरी दिएको दुई महिना बिति सक्दासमेत सुनवाइ हुन नसकेपछि आज प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएको छ ।

 निर्मलाकी आमा दुर्गादेवी पन्तसहितको अधिकारर्मीको टोलीले प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई भेटेर किटानी जाहेरीबारे ध्यानाकर्षण गराएको हो । निर्मलाकी आमा दुर्गादेवीले गत भदौ २२ गते दिलीपसिंह विष्टविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको थियो । निर्मलाकी आमा दुर्गादेवीले प्रमुख जिल्ला अधिकारी वैद्यलाई भेटेर किटानी जाहेरी दिएको दुई महिना बित्तिसक्दा समेत सुनवाइ हुन नसकेको भन्दै असन्तुष्टि पोख्नुभयो ।

“छोरीको हत्या भएको लामो समय बितेको छ”, उहाँले भन्नुभयो, “हत्यारा पत्ता लाग्न सकेको छैन, किटानी जाहेरीमा उल्लेखित व्यक्तिसँगसमेत सोधपुछ गरिएको छैन, किटानी जाहेरीमा नाम उल्लेख गरिएका व्यक्ति दोषी हैन भने अर्को अपराधि को हो पत्ता लगाई दिनुप¥यो ।” दिलीपले हत्यारा आफै भएको विभिन्न सञ्चारमाध्यममा भन्दै आउँदासमेत सोधपुछ नगरिएको उहाँले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी बैद्यले डिएनएलाई प्रमाण मान्न नसकिने ठहर भएपछि अनुसन्धानको दायरा साघुरिँदै गएको बताउनुभयो । “किटानीबारे प्रमाण जुटाउने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “प्रमाण जुटने वित्तिकै कारवाही प्रक्रिया अगाडि बढ्छ ।” झण्डै डेढवर्ष अघि घरबाट गुहकार्य गर्नका लागि साथीको घर गएपछि हराएकी निर्मलाको उखुबारीमा शव फेला परेको थियो । प्रहरीले विभिन्न अनुसन्धान टोली गठन गरी हत्याको छानबिनका लागि प्रक्रिया अगाडि बढाए पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन