२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

बर्डफ्लु विरुद्ध सतर्कता

२०७६, ७ मंसिर शनिबार ०५:०५

–राजकुमार पराजुली | मङ्सिर ७, काभ्रे | जाडोयाममा बर्डफ्लुका भाइरस सक्रिय हुने जनाउँदै काभ्रेपलाञ्चोकमा यसविरुद्ध उच्च सतर्कता अपनाउन गतिविधि सञ्चालन गरिने भएको छ । जिल्लास्तरीय प्राविधिक समितिले कुखुरापालक कृषक तथा व्यवसायीलाई सतर्क रहन आग्रह गरेको छ । 

समितिले कुखुरा व्यवसायी तथा कृषकले अपनाउनुपर्ने जैविक–सुरक्षा (बायो सेक्युरिटी), जिल्लाको नाकामा जाँच तथा पक्षीको स्वास्थ्यमा विशेष ख्याल गर्न अनुरोध गर्ने निर्णय गरिएको जिल्ला भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले बताउनुभयो । “पशुपक्षी ओसारपसारका क्रममा विशेष सुरक्षा अपनाउन सरोकारवाला निकायलाई सेचत गराइन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार यसअघि पनि कानूनीरुपमा दर्ता तथा बीमा गरी व्यवसाय सञ्चालन गर्न पटकपटक अनुरोध गरिएको छ । 

काभ्रेमा गत वैशाख महिनाबाट बर्डफ्लु रोगविरुद्धका सचेतना अभियान पटकपटक गरिँदै आइएको छ । गत वैशाख १९ गते स्वास्थ्य मन्त्रालयले बर्डफ्लु रोगबाट काभ्रेका २१ वर्षीय युवकको मृत्यु भएको घटना सार्वजनिक गरेयता यहाँका कुखुरापालक किसान तथा सर्वसाधारण त्रसित देखिएपछि रोगविरुद्ध यहाँ सचेतना अभियानलाई तीव्र पारिएको हो । त्यसयता केन्द्रले जिल्लाका सबै स्थानीय तहमा यसबारे सचेतना कार्यक्रम गरिसकेको छ । 

मन्त्रालयका अनुसार ज्वरो, रुघाखोकीबाट ग्रसित ती युवकलाई गत चैत १० गते अस्पताल भर्ना गरिएको र उनको विभिन्न स्वास्थ्य परीक्षण तथा औषधि सेवन गरिरहेकै अवस्थामा चैत १५ गते मृत्यु भएको हो । विभिन्न परीक्षणपछि गत वैशाख १७ गते प्राप्त प्रतिवेदनअनुसार ती युवक इन्फ्युएन्जा ए एच वान सङ्क्रमण भएका कारण मृत्यु भएको जनाउँदै मन्त्रालयले नाम गोप्य राखेको थियो । 

केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले जाडोयाममा बर्डफ्लुका भाइरस सक्रिय हुने जनाउँदै रोगविरुद्धको सचेतना अभियान कार्यक्रमलाई तीव्र पारिने बताउनुभयो । उहाँले भन्नुभयो, “गत वैशाखमा काभ्रे एक युवाको बर्डफ्लुले मृत्यु भएको खबर पाएदेखि पटकपटक विज्ञ टोलीमार्फत सचेतना कार्यक्रम गर्दै आएका छौँ ।”  सचेतनामा कुखुराको मासु ७० डिग्रीसम्मको तापक्रममा पाक्दा मासुमा कुनै भाइरस भए मर्ने र मानव स्वास्थ्यमा असर नपर्ने तथा खोरबाट निकालेर मासु तयार पारेर पकाउँदासम्म अपनाइने सावधानीका विषयमा जानकारी दिइन्छ ।  

अभियानअन्तर्गत प्राविधिक संलग्न सचेतना टोलीले व्यावसायिक कुखुरापालन गर्दैआएका जिल्लाका किसानका फार्ममा पुगेर जैविक–सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिने केन्द्र प्रमुख शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो प्राविधिक संलग्न टोलीले पुनः किसानको फार्ममै पुगेर जथाभावी कुखुराको खोरमा आवतजावत नगर्ने, विसंक्रामक (डिस्इन्फेक्टेन्ट) औषधि छर्ने र कुखुरा हेरालुलाई पर्याप्त सुरक्षा सावधानी अपनाउने विधि सिकाउने छौँ ।” जिल्लाका ३५० किसान व्यावसायिकरुपमा कुखुरापालन गर्दै आएका छन् । 

यसैबीच, केन्द्रले गत साल चैतमा स्थापना गरेको काभे्रको साँगा, नाला र मङ्गलटार नाकामा स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वाइन्टलाई पुनः सक्रिय बनाउने भएको छ । चेक प्वाइन्टमा रोगमुक्त भएका कुखुराका चल्ला, अण्डा र स्वस्थ पक्षीजन्य पदार्थ भएको नेपाल भेटनरी एशोसिएशनको प्रमाणपत्र जाँच गरेर मात्रै जिल्लामा भित्र्याइनेछ । चेक प्वाइन्टमा आयात–निर्यातकर्ताले पक्षी स्वस्थ भएको प्रमाणपत्र नदेखाए कुखुरा तथा पक्षीजन्य पदार्थलाई प्रोगशालामा पठाइने गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु