2026-10-24 05:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

बर्डफ्लु विरुद्ध सतर्कता

–राजकुमार पराजुली | मङ्सिर ७, काभ्रे | जाडोयाममा बर्डफ्लुका भाइरस सक्रिय हुने जनाउँदै काभ्रेपलाञ्चोकमा यसविरुद्ध उच्च सतर्कता अपनाउन गतिविधि सञ्चालन गरिने भएको छ । जिल्लास्तरीय प्राविधिक समितिले कुखुरापालक कृषक तथा व्यवसायीलाई सतर्क रहन आग्रह गरेको छ । 

समितिले कुखुरा व्यवसायी तथा कृषकले अपनाउनुपर्ने जैविक–सुरक्षा (बायो सेक्युरिटी), जिल्लाको नाकामा जाँच तथा पक्षीको स्वास्थ्यमा विशेष ख्याल गर्न अनुरोध गर्ने निर्णय गरिएको जिल्ला भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले बताउनुभयो । “पशुपक्षी ओसारपसारका क्रममा विशेष सुरक्षा अपनाउन सरोकारवाला निकायलाई सेचत गराइन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार यसअघि पनि कानूनीरुपमा दर्ता तथा बीमा गरी व्यवसाय सञ्चालन गर्न पटकपटक अनुरोध गरिएको छ । 

काभ्रेमा गत वैशाख महिनाबाट बर्डफ्लु रोगविरुद्धका सचेतना अभियान पटकपटक गरिँदै आइएको छ । गत वैशाख १९ गते स्वास्थ्य मन्त्रालयले बर्डफ्लु रोगबाट काभ्रेका २१ वर्षीय युवकको मृत्यु भएको घटना सार्वजनिक गरेयता यहाँका कुखुरापालक किसान तथा सर्वसाधारण त्रसित देखिएपछि रोगविरुद्ध यहाँ सचेतना अभियानलाई तीव्र पारिएको हो । त्यसयता केन्द्रले जिल्लाका सबै स्थानीय तहमा यसबारे सचेतना कार्यक्रम गरिसकेको छ । 

मन्त्रालयका अनुसार ज्वरो, रुघाखोकीबाट ग्रसित ती युवकलाई गत चैत १० गते अस्पताल भर्ना गरिएको र उनको विभिन्न स्वास्थ्य परीक्षण तथा औषधि सेवन गरिरहेकै अवस्थामा चैत १५ गते मृत्यु भएको हो । विभिन्न परीक्षणपछि गत वैशाख १७ गते प्राप्त प्रतिवेदनअनुसार ती युवक इन्फ्युएन्जा ए एच वान सङ्क्रमण भएका कारण मृत्यु भएको जनाउँदै मन्त्रालयले नाम गोप्य राखेको थियो । 

केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले जाडोयाममा बर्डफ्लुका भाइरस सक्रिय हुने जनाउँदै रोगविरुद्धको सचेतना अभियान कार्यक्रमलाई तीव्र पारिने बताउनुभयो । उहाँले भन्नुभयो, “गत वैशाखमा काभ्रे एक युवाको बर्डफ्लुले मृत्यु भएको खबर पाएदेखि पटकपटक विज्ञ टोलीमार्फत सचेतना कार्यक्रम गर्दै आएका छौँ ।”  सचेतनामा कुखुराको मासु ७० डिग्रीसम्मको तापक्रममा पाक्दा मासुमा कुनै भाइरस भए मर्ने र मानव स्वास्थ्यमा असर नपर्ने तथा खोरबाट निकालेर मासु तयार पारेर पकाउँदासम्म अपनाइने सावधानीका विषयमा जानकारी दिइन्छ ।  

अभियानअन्तर्गत प्राविधिक संलग्न सचेतना टोलीले व्यावसायिक कुखुरापालन गर्दैआएका जिल्लाका किसानका फार्ममा पुगेर जैविक–सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिने केन्द्र प्रमुख शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो प्राविधिक संलग्न टोलीले पुनः किसानको फार्ममै पुगेर जथाभावी कुखुराको खोरमा आवतजावत नगर्ने, विसंक्रामक (डिस्इन्फेक्टेन्ट) औषधि छर्ने र कुखुरा हेरालुलाई पर्याप्त सुरक्षा सावधानी अपनाउने विधि सिकाउने छौँ ।” जिल्लाका ३५० किसान व्यावसायिकरुपमा कुखुरापालन गर्दै आएका छन् । 

यसैबीच, केन्द्रले गत साल चैतमा स्थापना गरेको काभे्रको साँगा, नाला र मङ्गलटार नाकामा स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वाइन्टलाई पुनः सक्रिय बनाउने भएको छ । चेक प्वाइन्टमा रोगमुक्त भएका कुखुराका चल्ला, अण्डा र स्वस्थ पक्षीजन्य पदार्थ भएको नेपाल भेटनरी एशोसिएशनको प्रमाणपत्र जाँच गरेर मात्रै जिल्लामा भित्र्याइनेछ । चेक प्वाइन्टमा आयात–निर्यातकर्ताले पक्षी स्वस्थ भएको प्रमाणपत्र नदेखाए कुखुरा तथा पक्षीजन्य पदार्थलाई प्रोगशालामा पठाइने गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने