२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कन्चनपुरमा आत्महत्या दुरुत्साहनको आरोपमा शिक्षक पक्राउ

२०७६, १० मंसिर मंगलवार १४:०२

मङ्सिर १०, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का खैरनाका मोहनसिंह ऐरी आत्महत्या दुरुत्साहनको आरोपमा आज पक्राउ परेका छन् । विषालु पदार्थ सेवन गरी आत्महत्या गर्न आफ्नै श्रीमतीलाई बाध्य पारेकोे भन्दै मृतक ऐरीका बुबा शेरसिंह बोहराले ज्वाइँविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को किटानी जाहेरी दिएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताउनुभयो । 

सोमबार सरस्वती ऐरीको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । “आत्महत्या दुरुत्साहनअन्तर्गत दिएको किटानी जाहेरीका आधारमा शिक्षक ऐरीलाई पक्राउ गरी अनुसन्धानको कार्य अगाडि बढाएका छौँ”, प्रहरी निरीक्षक चन्दले भन्नुभयो । बेलौरी घर भएका शिक्षक ऐरी कैलालीको कालिका माविमा अध्यापन गराउँदै आएका छन् । 

अपराध संहिता २०७४ को १२ परिच्छेदको ज्यानसम्बन्धी कसुरको दफा १८५ को उपदफा १ अनुसार कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो कार्य गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराए कसुर गर्ने व्यक्तिलाई पाँच वर्ष कैद वा रु ५० हजार जरिवाना हुने व्यवस्था रहेको छ ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएकै बेला महिलालाई आत्महत्या गर्न बाध्य पारिएको घटनाको महिला अधिकारकर्मीले भत्र्सना गर्दै सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गर्न माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने