2026-07-25 06:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका जेष्ठ नागरिकको गुनासो, सरकारले आश्वासन मात्रै दियो समस्या हल गरेन्

दान बहादुर बुढा | मंसिर १३, मुगु | मुगु जिल्लाका बृद्धहरुको गुनासो कसैले नसुनेको बताएका छन् | जेष्ठ नागरिकको सुझाब सल्लाह संकलन गरि केन्द्रय सरकार सम्म पुराउन वा समस्या बुझन् आएकी राष्ट्रिय समाबेसि ओयोगकिकार्यवाहक अध्यक्ष माथि जेष्ठ नागरिकहरुले आफुहरुको गुनासो नसुनेको गुनासो गरेका छन् |

स्थानिय सरकार देखी केन्द्र सरकारले आश्वासन मात्रै दिनेगरेको उनीहरुको भनाई छ | सरकारले जेष्ठ नागरिकलाई मासिक सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आए पनि समयमा त्यही सामाजिक सुरक्षा भत्ता पनि पाउदैनौ,उनीहरुको गुनासो थियो |

बिहिबार सदरमुकाम गमगढीमा राष्ट्रिय  समावेशी आयोगले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागि भएका जेष्ठ नागरिकले यस्तो गुनासो गरेका हुन | सरकारले ६० वर्ष देखि ६९ वर्षसम्मका जेष्ठ नागरिकलाई मासिक दुई हजार र ७० वर्ष माथिका जेष्ठ नागरिकलाई मासिक तीन हजार सामाजिक सुरक्षा भत्ता प्रदान गरे पनि स्थानीय निकायले दशै तिहार बिती सकेपछि मात्र ढिलोगरी उपलब्ध गराएको उनीहरुको गुनासो छ |

“जिल्लामा पछिल्लो समयमा जेष्ठ नागरिकहरुलाई बस्नको लागी बृद्धस्थान , भजन कृतन, मनोरन्जन र आराम गर्ने ब्याबस्था नभएको हुदा २,३ बर्ष पहिले देखी केन्द्र सरकारसंग पुगेर निबेदन र परियोजना प्रस्तावना पेश गरे पनि आश्वासन दिएको र  कुनै पनि निकाय बाट नभएपछि गत बर्ष मात्र छायानाथ नगरपालिकाले ५ लाख बजेट जेष्ठ नागरिकलाई दिएको हुने खाने बाटो टाठोले निकालेर आएको देखीन्छ |”जेष्ठ नागरिक संघ मुगुका अध्यक्ष गगनबहादुर मल्लले बताए ।

 सरकारले स्वास्थ्य उपचार सेवा, यातायात सेवामा छुट ,पाउने व्यवस्था गरिएको भने पनि सेवा प्रदायक क्षेत्रबाट सेवा पाउन नसकेको अध्यक्ष मल्लले बताए | जेष्ठ नागरिकले चौंमासिक रुपमा पाउदै आएको सामाजिक सुरक्षा रकमले भैपरि आउने समस्या समाधान गर्न नसकिने भएकाले सरकारले भत्ता मासिक रुपमा उपलब्ध गराउने व्यवस्था गरि दिनु पर्ने उनिहरुको भनाई छ |

मुगुका जेष्ठ नागरिकका समस्याका विषयमा कर्णाली प्रदेश सरकार,कर्णालीका संसद,संघीय सरकार ,संघीय संसदमा प्रतिनीधीत्व गर्ने संसदसंग छलफल गरि समस्या समाधान गर्न पहल गर्ने राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले बताईन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक