२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सागमा आज पन्ध्र खेल हुँदै, कुन खेल कहाँ ?

२०७६, १७ मंसिर मंगलवार ०४:५६

मङ्सिर १७, काठमाडौँ । नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३आँै दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी  १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ, कराते, खोखो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन र उसु खेलमा प्रतिस्पर्धा हुँदैछ ।  ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुनेछ भने बाँकी खेल काठमाडौँमा हुनेछ ।

भलिबल– सागअन्तर्गत आज महिला र पुरुष दुवैतर्फको फाइनल खेल हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा हुने खेलमा महिलातर्फ स्वर्णपदकका लागि प्रतिस्पर्धा हँुदैछ । नेपालले शनिबार भएको सेमिफाइनल खेलमा साविक उपविजेता श्रीलङ्कालाई ३–० ले लगातार पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपाल दक्षिण एशियालीस्तरको सागको फाइनलमा प्रवेश गरेको यो नै पहिलो पटक हो । यसअघि नेपालले सागमा तीन पटक कास्य पदकमा जितेको थियो ।

नेपाली टोलीका कप्तान अरुणा शाहीले फाइनलमा भारतविरुद्ध स्वर्ण जित्नकै लागि खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले फाइनल पुगेर इतिहास त रचेका छौँ तर हाम्रो लक्ष्य स्वर्ण जित्ने हो । त्यसका लागि हामीले तयारी गरेका छौँ । शाहीकै कप्तानीमा नेपालले केही साताअघि बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जितेको थियो । खेल अपराह्न ४ बजे शुरु हुनेछ । त्यस्तै पुरुषतर्फको भलिबलको फाइनलमा भारत र पाकिस्तान भिड्नेछन् । खेल अपराह्न १ बजे हुनेछ ।

फुटबल– त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज पुरुष फुटबलमा दुई खेल हुनेछ । यसमा नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ । उक्त खेल अपराह्न १ बजे हुनेछ । त्यस्तै अर्को खेलमा बङ्गलादेश र माल्दिभ्स भिड्नेछन् । उक्त खेल अपराह्न ५ बजे हुनेछ । राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

क्रिकेट– साग क्रिकेटअन्तर्गत पुरुषतर्फको खेलमा नेपालले टेष्ट राष्ट्र श्रीलङ्काको यू–२३ टोलीसँग खेल्दै छ । खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । त्यस्तै पोखरामा हुने महिला क्रिकेटमा श्रीलङ्का र बङ्गलादेशबीच खेल हुनेछ ।

उसु– आजदेखि शुरु हुने उसु खेल लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा हुनेछ । थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ । आज नेपालले २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।

सुटिङ– सुटिङ खेल पनि आजैदेखि शुरु हुँदैछ । सातदोबाटोस्थित सुटिङ हलमा हुने खेलमा नेपालको महिला टोलीले दुई खेलमा प्रतिस्पर्धा गर्नेछन् ।  पुरुष टोलीले ५० मिटर थ्री पोजिशन तथा २५ मिटर सेन्टर फायरमा सहभागी जनाउँदै छ । सुटिङतर्फ नेपालले पाँच स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।

तेक्वान्दो– सोमबारदेखि शुरु भएको तेक्वान्दो खेलमा आज चार स्वर्ण पदकका लागि भिडन्त हँुदैछ । ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा हुने खेलमा गेरुगीतर्फ चार स्वर्ण पदकका लागि भिडन्त हुनेछ । आज पुरुषको ५४ केजी र ६८ तथा महिलाको ४६ केजी र ५७ केजी स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।  नेपालले सोमबार पुम्सेमा सात स्वर्ण पदक जितेको थियो । त्यस्तै ५४ केजीमा मनोज मल्ल र  ६८ केजीमा वीरबहादुर महराले नेपालको चुनौती पेश गर्नेछन् ।  महिलाको ४६ मा काजल श्रेष्ठ तथा ५७ केजीमा निमा गुरुङले खेल्नेछन् ।

एथ्लेटिक्स– यसमा सात स्वर्ण पदकका लागि प्रतिस्पर्धा हँुदैछ । खेल दशरथ रङ्गशालामा हुनेछ । खेल तालिकानुसार १०० मिटर पुरुष र महिला स्पर्धाको हिट चरणको खेल हुनेछ । यस्तै हाइजम्पको महिला र पुरुष, १५ सय मिटर दौडको पुरुष र महिला र १०० मिटर दौडको पुरुष महिलाको फाइनल खेल हुनेछ । त्यस्तै १० हजार मिटर पुरुषको फाइनल खेल पनि आजै हुनेछ ।

खोखो– खोखोतर्फ आज सेमिफाइनलको खेल हुनेछ । सेमिफाइनलमा भारतले श्रीलङ्का तथा नेपालले बङ्गलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

कराते– सागअन्तर्गत करातेमा सोमबार सात स्वर्ण जितेको नेपालले आज विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकूद परिसरमा रहेको कराते हलमा हुनेछ ।

गल्फ– गोकर्ण फरेस्ट गल्फ क्लबमा आजदेखि शुरु हुने पुरुष व्यक्तिगततर्फ नेपाल, बङ्गलादेश, श्रीलङ्का र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बङ्गलादेश र श्रीलङ्का गरी तीन देशको मात्र सहभागिता  छ । 

टेबलटेनिस– सोमबारदेखि शुरु भएको टेबलटेनिसका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

टेनिस– सातदोबाटोस्थित टेनिस कोर्टमा हुने खेलमा टिम इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन् । पुरुषमा नेपालले भारतसँग खेल्नेछ । भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको हो । महिला टिम इभेन्टमा नेपाल र श्रीलङ्का सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने