३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

पुनर्निर्माणलाई सहयोग पुग्ने कार्यक्रम ल्याउन प्रजिअ पौडेलको आग्रह

१८ चैत्र २०७२, बिहीबार ००:२२

प्रज्वल पौडेल, चैत्र १८,
रामेछाप

प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले मुलुक अहिले पुनर्निर्माणको महत्वपुर्ण
चरणमा रहेकाले गैह्रसरकारी संस्थाहरुले कार्यक्रम सञ्चालन गर्दा पुनर्निर्माणलाई सहयोग पुग्ने कार्यक्रम
ल्याउन आग्रह गरेका छन् । उनले कार्यक्रम सञ्चालन गर्दा जिल्लाको आवश्यकता पहिचान गर्नुपर्ने बताएका छन्
। रामेछापमा काम गरिरहेको मानसिक स्वास्थ्य परामर्र्स केन्द्र नेपालले जिल्ला प्रशासन कार्यालयमा बुधबार
आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले यस्तो बताएका हुन् । संस्थाहरुले काम गर्दा
सरोकारवाला निकायसँग समन्वय गर्न कन्जुस्याई गरेको भन्दै पौडेलले आगामी दिनमा समन्वय गरेर मात्र काम
गर्न निर्देशन दिए ।

जिल्लाका ६ वटा गाविसहरुमा मानसिक
मरामर्शको काम गरिरहेको र अहिले सम्म २ हजार २ सय ६६ जना मानिसहरुलाई काउन्सीलिङ गरि १४ जनालाई
काठमाण्डौमा लगेर उपचार गरेको संस्थाको तर्फबाट पशुपति महतले जानकारी गराए । महतले कार्यक्रमलाई
प्रभाबकारी बनाउन सबैको सहयोग आवश्यकता रहेको बताए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय
रामेछापका प्रमुख डा.प्रकाश प्रसाद साहले सस्थाले सरोकारवाला निकायसँग समन्वयन गरेर अगाडि बढेमा
कार्यक्रम प्रभावकारी हुने धारणा राखे । कुनै पनि कार्यक्रम समन्वयन बिना सफल हुन नसक्ने भन्दै साहले
मानसिक स्वास्थ्य परामर्स केन्द्र नेपालले पनि आफुहरुसँग कम समन्वयन गरेर अगाडि बढ्न खोजेको बताए ।
जिल्लाभित्र स्वास्थ्य सम्बन्धी सञ्चालन हुने कार्यक्रमका बारेमा आफ्नो कार्यालयमा जानकारी नहुदाँ थाहा
कुन संस्थाले के कति कार्य गरिरहेको छ थाहा नहुने बताए ।


कार्यक्रममा सहभागी भएका राजनीतिक दलका नेताहरुले संस्थाहरु बिभिन्न बहानामा जिल्लामा
आएपनि उनीहरुको काम त्यति प्रभाबकारी नभएको भन्दै एकद्धार प्रणलीबाट संस्थाहरुले काम गर्नुपर्नेमा जोड
दिएकाछन् ।
यस्तै महिला तथा बालबालिका कार्यालय रामेछापका प्रमुख शुसिला वाग्लेले मानसिक रोग लागेको
मानिसहरुलाई राख्ने ठाँउको अभाब रहेको बताइन् । उनले दिमागले कामै नगर्ने भएपछि मानसिक रोगिले जस्तो पनि
व्यवहार गर्ने र जताततै जाने भएकाले त्यस्ता रोगीहरुका लागी राख्न सुरक्षित ठाँउको व्यवस्था चाडै
गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ