२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

पुनर्निर्माणलाई सहयोग पुग्ने कार्यक्रम ल्याउन प्रजिअ पौडेलको आग्रह

२०७२, १८ चैत्र बिहीबार ००:२२

प्रज्वल पौडेल, चैत्र १८,
रामेछाप

प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले मुलुक अहिले पुनर्निर्माणको महत्वपुर्ण
चरणमा रहेकाले गैह्रसरकारी संस्थाहरुले कार्यक्रम सञ्चालन गर्दा पुनर्निर्माणलाई सहयोग पुग्ने कार्यक्रम
ल्याउन आग्रह गरेका छन् । उनले कार्यक्रम सञ्चालन गर्दा जिल्लाको आवश्यकता पहिचान गर्नुपर्ने बताएका छन्
। रामेछापमा काम गरिरहेको मानसिक स्वास्थ्य परामर्र्स केन्द्र नेपालले जिल्ला प्रशासन कार्यालयमा बुधबार
आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले यस्तो बताएका हुन् । संस्थाहरुले काम गर्दा
सरोकारवाला निकायसँग समन्वय गर्न कन्जुस्याई गरेको भन्दै पौडेलले आगामी दिनमा समन्वय गरेर मात्र काम
गर्न निर्देशन दिए ।

जिल्लाका ६ वटा गाविसहरुमा मानसिक
मरामर्शको काम गरिरहेको र अहिले सम्म २ हजार २ सय ६६ जना मानिसहरुलाई काउन्सीलिङ गरि १४ जनालाई
काठमाण्डौमा लगेर उपचार गरेको संस्थाको तर्फबाट पशुपति महतले जानकारी गराए । महतले कार्यक्रमलाई
प्रभाबकारी बनाउन सबैको सहयोग आवश्यकता रहेको बताए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय
रामेछापका प्रमुख डा.प्रकाश प्रसाद साहले सस्थाले सरोकारवाला निकायसँग समन्वयन गरेर अगाडि बढेमा
कार्यक्रम प्रभावकारी हुने धारणा राखे । कुनै पनि कार्यक्रम समन्वयन बिना सफल हुन नसक्ने भन्दै साहले
मानसिक स्वास्थ्य परामर्स केन्द्र नेपालले पनि आफुहरुसँग कम समन्वयन गरेर अगाडि बढ्न खोजेको बताए ।
जिल्लाभित्र स्वास्थ्य सम्बन्धी सञ्चालन हुने कार्यक्रमका बारेमा आफ्नो कार्यालयमा जानकारी नहुदाँ थाहा
कुन संस्थाले के कति कार्य गरिरहेको छ थाहा नहुने बताए ।


कार्यक्रममा सहभागी भएका राजनीतिक दलका नेताहरुले संस्थाहरु बिभिन्न बहानामा जिल्लामा
आएपनि उनीहरुको काम त्यति प्रभाबकारी नभएको भन्दै एकद्धार प्रणलीबाट संस्थाहरुले काम गर्नुपर्नेमा जोड
दिएकाछन् ।
यस्तै महिला तथा बालबालिका कार्यालय रामेछापका प्रमुख शुसिला वाग्लेले मानसिक रोग लागेको
मानिसहरुलाई राख्ने ठाँउको अभाब रहेको बताइन् । उनले दिमागले कामै नगर्ने भएपछि मानसिक रोगिले जस्तो पनि
व्यवहार गर्ने र जताततै जाने भएकाले त्यस्ता रोगीहरुका लागी राख्न सुरक्षित ठाँउको व्यवस्था चाडै
गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस