४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटका सबै स्थानीय तह पहिराको उच्च जोखिममा

२१ मंसिर २०७६, शनिबार ०८:१८

रामहरि न्यौपाने, मङ्सिर २१, बेत्रावती । नुवाकोटका बाह्रैवटै स्थानीय तहका विभिन्न स्थान पहिराको उच्च जोखिममा रहेका एक अध्ययनले देखाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा आत्मनिर्भर सेवा केन्द्रले तयार गरेको तथ्याङ्कअनुसार जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामा रहेका विभिन्न बस्ती पहिराको जोखिममा रहेका पाइएको हो । तथ्याङ्कअनुसार किस्पाङ गाउँपालिका पहिराबाट सबैभन्दा बढी जोखिम रहेको पाइएको छ । किस्पाङको वडा नं १ भाल्चे, वडा नं ३ काहुले र वडा नं ५ मनकामना पहिराबाट बढी जोखिममा रहेका उल्लेख छ ।

म्यागङ गापाको वडा नं २ बुङताङ, वडा नं ३ देउराली र वडा नं ४ किम्ताङ पहिराको जोखिममा रहेका पाइएको छ । गाउँपालिकाका प्राविधिक रमनसिंह तामाङका अनुसार वडा नं ४ को किम्ताङमा विसं २०३० देखि बग्दै आएको पहिरो अझै नियन्त्रणमा नआएकाले आसपासका करीब १०० घरधुरी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक सुझाव दिइएको छ ।

पञ्चकन्या गापाको वडा नं २, ३, ४ र ५ पहिराको उच्च जोखिम रहेको छ भने ककनी गापाको वडा नंं १ र २ साविक ओखरपौवा गाविस पहिराको उच्च जोखिममा रहेका उल्लेख गरिएको छ । शिवपुरी गापाका वडा नं २, ५ र ६ पहिराको बढी जोखिममा रहेका पाइएको छ । साढे चार वर्षअघि गएको भूकम्पको प्रभावका साथै जनताको मागअनुुसार प्राविधिक अध्ययन नगरी सडक विस्तार र छोटो समयमै धेरै सम्पन्न गर्नुपर्ने दबाबले पहिराको जोखिम बढाएको गापाका प्राविधिक नवराज कार्कीको भनाइ छ ।

तादी गापाको वडा नं १ उर्लेनी, वडा नं २ रालुकादेदी, वडा नं ३ खरानीटार र वडा नं ६ नर्जा पहिराको जोखिममा रहेका छन् भने सूर्यगढी गापाका प्राविधिक वुद्धबहादुर घर्तीमगरका अनुसार वडा नं १ लच्याङ, वडा नं २ बागेश्वरी र वडा नं ५ गणेशस्थान पहिराको जोखिममा रहेका देखिएको छ । 

तारकेश्वर गापाको वडा नं १ दाङसिंह र लिखु गापाको वडा नं ५ थानसिंह पहिराको जोखिममा रहेका अध्ययनमा देखाइएको छ । भौगोलिक दृष्टिकोणले जिल्लाकै सबैभन्दा विकट दुप्चेश्वर गापाको वडा नं १ घ्याङफेदी, वडा नं २ गाउँखार्क र वडा नं ७ शिखरवेशी पहिराको उच्च जोखिममा रहेका तथ्याङकले देखाएको छ ।

बेलकोटगढी नपाका वडा नं ८, ११, १२ र १३ पहिराको जोखिममा रहेकाले समयमै नियन्त्रणको पद्धति अपनाउन सम्बन्धित पक्षले योजना तथा कार्यक्रम सञ्चालन गर्न सुझाव दिइएको छ । जिल्ला सदरमुकाम रहेको विदुर नपाका प्राविधिक सुनील थापाका अनुसार वडा नं १, ८, १०, ११, १२ र १३ पहिरो तथा बाढीको जोखिममा रहेका देखिएको छ । 

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पबाट ध्वस्त बनेको जिल्लाका धेरै क्षेत्रका जमीनमा कम्पन भएर धाँजा फाटेको र भौगोलिक बनोट पहाडले घेरेको स्थल भएकाले जुनसुकै समयमा विपद् निम्तन सक्ने भन्दै जोखिम न्यूनीकरण र विपद्को पूर्वतयारीमा जुट्न सम्बन्धित स्थानीय तहलाई सुझावसहित प्रतिवेदन तयार गरिएको आत्मनिर्भर सेवा केन्द्रका पैरवी अधिकृत कल्पना न्यौपाने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ