२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटका सबै स्थानीय तह पहिराको उच्च जोखिममा

२०७६, २१ मंसिर शनिबार ०८:१८

रामहरि न्यौपाने, मङ्सिर २१, बेत्रावती । नुवाकोटका बाह्रैवटै स्थानीय तहका विभिन्न स्थान पहिराको उच्च जोखिममा रहेका एक अध्ययनले देखाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा आत्मनिर्भर सेवा केन्द्रले तयार गरेको तथ्याङ्कअनुसार जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामा रहेका विभिन्न बस्ती पहिराको जोखिममा रहेका पाइएको हो । तथ्याङ्कअनुसार किस्पाङ गाउँपालिका पहिराबाट सबैभन्दा बढी जोखिम रहेको पाइएको छ । किस्पाङको वडा नं १ भाल्चे, वडा नं ३ काहुले र वडा नं ५ मनकामना पहिराबाट बढी जोखिममा रहेका उल्लेख छ ।

म्यागङ गापाको वडा नं २ बुङताङ, वडा नं ३ देउराली र वडा नं ४ किम्ताङ पहिराको जोखिममा रहेका पाइएको छ । गाउँपालिकाका प्राविधिक रमनसिंह तामाङका अनुसार वडा नं ४ को किम्ताङमा विसं २०३० देखि बग्दै आएको पहिरो अझै नियन्त्रणमा नआएकाले आसपासका करीब १०० घरधुरी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक सुझाव दिइएको छ ।

पञ्चकन्या गापाको वडा नं २, ३, ४ र ५ पहिराको उच्च जोखिम रहेको छ भने ककनी गापाको वडा नंं १ र २ साविक ओखरपौवा गाविस पहिराको उच्च जोखिममा रहेका उल्लेख गरिएको छ । शिवपुरी गापाका वडा नं २, ५ र ६ पहिराको बढी जोखिममा रहेका पाइएको छ । साढे चार वर्षअघि गएको भूकम्पको प्रभावका साथै जनताको मागअनुुसार प्राविधिक अध्ययन नगरी सडक विस्तार र छोटो समयमै धेरै सम्पन्न गर्नुपर्ने दबाबले पहिराको जोखिम बढाएको गापाका प्राविधिक नवराज कार्कीको भनाइ छ ।

तादी गापाको वडा नं १ उर्लेनी, वडा नं २ रालुकादेदी, वडा नं ३ खरानीटार र वडा नं ६ नर्जा पहिराको जोखिममा रहेका छन् भने सूर्यगढी गापाका प्राविधिक वुद्धबहादुर घर्तीमगरका अनुसार वडा नं १ लच्याङ, वडा नं २ बागेश्वरी र वडा नं ५ गणेशस्थान पहिराको जोखिममा रहेका देखिएको छ । 

तारकेश्वर गापाको वडा नं १ दाङसिंह र लिखु गापाको वडा नं ५ थानसिंह पहिराको जोखिममा रहेका अध्ययनमा देखाइएको छ । भौगोलिक दृष्टिकोणले जिल्लाकै सबैभन्दा विकट दुप्चेश्वर गापाको वडा नं १ घ्याङफेदी, वडा नं २ गाउँखार्क र वडा नं ७ शिखरवेशी पहिराको उच्च जोखिममा रहेका तथ्याङकले देखाएको छ ।

बेलकोटगढी नपाका वडा नं ८, ११, १२ र १३ पहिराको जोखिममा रहेकाले समयमै नियन्त्रणको पद्धति अपनाउन सम्बन्धित पक्षले योजना तथा कार्यक्रम सञ्चालन गर्न सुझाव दिइएको छ । जिल्ला सदरमुकाम रहेको विदुर नपाका प्राविधिक सुनील थापाका अनुसार वडा नं १, ८, १०, ११, १२ र १३ पहिरो तथा बाढीको जोखिममा रहेका देखिएको छ । 

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पबाट ध्वस्त बनेको जिल्लाका धेरै क्षेत्रका जमीनमा कम्पन भएर धाँजा फाटेको र भौगोलिक बनोट पहाडले घेरेको स्थल भएकाले जुनसुकै समयमा विपद् निम्तन सक्ने भन्दै जोखिम न्यूनीकरण र विपद्को पूर्वतयारीमा जुट्न सम्बन्धित स्थानीय तहलाई सुझावसहित प्रतिवेदन तयार गरिएको आत्मनिर्भर सेवा केन्द्रका पैरवी अधिकृत कल्पना न्यौपाने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने