2026-10-03 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

क्षितिजको सातौ बार्षिक साधारण सभा तथा तेस्रोे अधिवेशन सम्पन्न

कमल घिमिरे।मंसिर२२। पाँचथर,  पाँचथरको फिदिममा रहेको क्षितिज महिला बहुउदेसीय सहकारी संस्थाको सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न सम्पन्न भएको छ  । बि.सं.२०७० साल असार २७ गते दर्ता भई २६ जना सेयर सदस्यबाट स्थापना भई हाल पाँथचर जिल्ला भरि कार्य क्षेत्र बनाएर २४४ जना शेयर सदस्य बनाउन सफल भएको हो । 

स्थापना भएको सात वर्ष पुग्दा सहकारीले आर्थिक साथै सामाजिक कार्यमा समेत महत्वपूर्ण योगदान पु¥र्याएको कार्यक्रमा बोल्ने रास्ट्रीय सहकारी बैकका शाखा प्रबन्धक बुद्धराम तामाङ लगायत अन्य सरोकारवालाहरुले बताउनुभयो । कार्यक्रममा सहकारीको आर्थिक वर्ष ०७५÷७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गदै व्यवस्थापक भद्र घिमिरेले सहकारीको शेयर पूजी १० लाख ६४ हजार आठ सय रहेको बताउनु भयो । 

सहकारीको ऋण लगानी ४८ लाख ३४ हजार ६ सय २९ रुपैयाँ रहेको छ भने सहकारीमा ३५ लाख ४९ हजार ४ सय ३६ रुपैयाँ पाँच पैसा बचत रहेको छ । 

आज सम्पन्न साधारण सभा तथा तेस्रो अधिवेशनमा सँस्थाले नियमित बचतकर्ताहरु बाल बचतमा पवन चापागाई र मान्यता जोशि त्यस्तै असल बचतकर्ता विष्णुमाया खनाल र तुलसा कुमारी घिमिरे र असल ऋणीमा सुनिता अर्याल र सनमाया खवास लाई सम्मान गरिएको कर्मचारी कृष्ण दुलालले जानकारी  दिनुभएको  छ । आज सम्पन्न तेस्रो अधिवेशनमा नयाँ कार्यसमिति गठन गरिएको छ ।  २०७३ मंसिर ३० गते चौथो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन श्री सरस्वती रिजालको अध्यक्षतामा ७ सदसिय संचालक समिति चयन गरिएको थियो । त्यस्तै कल्पना सुवेदीको संयोजकत्वमा ३ संसदिय लेखा सुपरिवेक्षण समिती तथा खिनादेवी चापागाईको संयोजकत्वमा ३ सदसिय ऋण उपसमिति गठन भई संस्थागत गतिविधि संचालन गर्दै आईरहेको थियो । सो कार्यसमिति  आज पुर्नरगठन गरिएको छ । अध्यक्षमा नवर्दा खत्रि उपाध्यक्षमा खिनादेवी चापागाई, सचिवमा सविता राउत र तिनजना सदस्यहरु साथै लेखा समितिमा संयोजकमा सकुन्तला वलि र अन्य २ जना सदस्य चयन गरिए सँगै सहकारीको सातौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग