४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापको ओख्रेनीबाट अनुदान वितरणको प्रक्रिया सुरु

२२ चैत्र २०७२, सोमबार ००:४५

चैत्र २२, प्रज्वल पौडेल, रामेछाप ।

भूकम्प प्रभावित जिल्लामध्ये रामेछापमा पनि अाइतबारदेखि अनुदान
बितरणको प्रक्रिया सुरु भएको छ । रामेछापको रामेछाप नगरपालिका अन्र्तगत साविकको ओखे्रनी गाविसबाट अनुदान
वितरणको प्रक्रिया अगाडि बढेको बताइएको छ ।

hari prasad sharma 3

सदरमुकाम मन्थली स्थित जिल्ला विकास समितिमा
भएको एक कार्यक्रममा पुननिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय दोलखाका प्रमुख हरीप्रसाद शर्माले
रामेछाप जिल्लामा साविकको ओख्रेनी गाविसका वडा नं १ देखि ९ सम्मका अनुदान पाउने ७५९ घरधुरीकोे सूची
साेमबार सार्वजनिक गरिएको जानकारी दिनुभयो । उहाँले सूचीमा परेका भुकम्पपिडितहरुले लगत संकलन गर्दा
दिइएको अर्धकट्टी, नेपाली नागरिकताको प्रमाणपत्र र जग्गा धनीको लालपुर्जा लगाएतका कागजात समावेश गरी
गाविस / नगरपालिकाका कार्यलयमा सम्झौता गरेपछि रकम दिने प्रक्रिया अगाडि बढ्ने बताउनुभयो

hari prasad sharma22

शर्माले कर्मचारीको अभाव, कार्यविधी अझै अपूर्ण रहँदा पुर्ननिर्माण कार्यमा ढिलाइ भएको
स्वीकार्नु भयो । उहाँका अनुसार सूचीमा परेका व्यक्तिले अनुदानको पहिलो किस्ताबापत ५० हजार
प्राविधिकरणले तोकेको बैङ्क खातामा खाता खोलिएपछि प्राप्त गर्ने छन् , त्यसैगरी दोस्रो किस्ता बापत ८०
हजार भवनको टाइ (डिपिसी लेभल) पुरा गरेर प्राविधिकले सिफारिस गरेपछि र अन्तिम किस्ता बापत ७० हजार घरको
छाना निर्माण भएपछि उपलब्ध गराउने शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्लास्थित राजनैतिक दलका नेतृत्वहरुले
पुर्ननिमाणका कार्य ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले प्राविधिकरणले तत्काल
गाउँगाउँमा कर्मचारी खटाएर भवन निर्माणका कार्य अगाडि बढाइ जनतालाई बर्षाद अगावै छानाभित्र बस्ने
व्यवस्था गर्नुपर्ने बताएका छन् ।

programm 11

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ