२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापको ओख्रेनीबाट अनुदान वितरणको प्रक्रिया सुरु

२०७२, २२ चैत्र सोमबार ००:४५

चैत्र २२, प्रज्वल पौडेल, रामेछाप ।

भूकम्प प्रभावित जिल्लामध्ये रामेछापमा पनि अाइतबारदेखि अनुदान
बितरणको प्रक्रिया सुरु भएको छ । रामेछापको रामेछाप नगरपालिका अन्र्तगत साविकको ओखे्रनी गाविसबाट अनुदान
वितरणको प्रक्रिया अगाडि बढेको बताइएको छ ।

hari prasad sharma 3

सदरमुकाम मन्थली स्थित जिल्ला विकास समितिमा
भएको एक कार्यक्रममा पुननिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय दोलखाका प्रमुख हरीप्रसाद शर्माले
रामेछाप जिल्लामा साविकको ओख्रेनी गाविसका वडा नं १ देखि ९ सम्मका अनुदान पाउने ७५९ घरधुरीकोे सूची
साेमबार सार्वजनिक गरिएको जानकारी दिनुभयो । उहाँले सूचीमा परेका भुकम्पपिडितहरुले लगत संकलन गर्दा
दिइएको अर्धकट्टी, नेपाली नागरिकताको प्रमाणपत्र र जग्गा धनीको लालपुर्जा लगाएतका कागजात समावेश गरी
गाविस / नगरपालिकाका कार्यलयमा सम्झौता गरेपछि रकम दिने प्रक्रिया अगाडि बढ्ने बताउनुभयो

hari prasad sharma22

शर्माले कर्मचारीको अभाव, कार्यविधी अझै अपूर्ण रहँदा पुर्ननिर्माण कार्यमा ढिलाइ भएको
स्वीकार्नु भयो । उहाँका अनुसार सूचीमा परेका व्यक्तिले अनुदानको पहिलो किस्ताबापत ५० हजार
प्राविधिकरणले तोकेको बैङ्क खातामा खाता खोलिएपछि प्राप्त गर्ने छन् , त्यसैगरी दोस्रो किस्ता बापत ८०
हजार भवनको टाइ (डिपिसी लेभल) पुरा गरेर प्राविधिकले सिफारिस गरेपछि र अन्तिम किस्ता बापत ७० हजार घरको
छाना निर्माण भएपछि उपलब्ध गराउने शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्लास्थित राजनैतिक दलका नेतृत्वहरुले
पुर्ननिमाणका कार्य ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले प्राविधिकरणले तत्काल
गाउँगाउँमा कर्मचारी खटाएर भवन निर्माणका कार्य अगाडि बढाइ जनतालाई बर्षाद अगावै छानाभित्र बस्ने
व्यवस्था गर्नुपर्ने बताएका छन् ।

programm 11

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी