२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

दिनहुँ चोरी हुँदै विद्युत् उपकरण

५ पुष २०७६, शनिबार ०४:३५

पुष ५, डोटी | उचित संरक्षण तथा सम्बद्र्धन नगरिँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल कुल्पाते नजिकैको समूहगाढ खोलामा रहेको जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री धमाधम चोरी हुन थालेका छन् ।

विसं २०३८ मा दिपायलको कुलपाते नजिक समूहगाढ खोलामा निर्माण गरिएको २०० किलोवाट क्षमताको विद्युत् गृहमा २०६६ भदौमा आएको बाढीपहिरोले क्षति पुर्याएपछि अहिले सो विद्युत् गृह बेवारिसे अवस्थामा रहेको छ । अहिले त्यहाँ रहेका विद्युत्का महत्वपूर्ण सामग्री चोरी हुने गरेको स्थानीयवासी डबलबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरोले सामान्य क्षति पुर्याएको विद्युत् गृह मर्मत नगर्दा अहिले सामान चोरी हुँदैछ कसैले वास्ता गरेको छैन ।”

बाढीपहिरोले विद्युत् गृहको पेनस्कटक पाइप तथा विद्युत् गृहमा केही क्षति पुर्याएपछि अहिलेसम्म यसको मर्मतका लागि ध्यान दिइएको छैन ।  विद्युत् गृहमा कर्मचारी नबस्दा सरसामान दिनहुँ चोरी हुन थालेको हो । शिखर नगरपालिका–१ खाती गाउँका खडकबहादुर खातीले विद्युत् गृहका राम्रा र महँगा सरसामान कवाडी हुँदैछन् भने कयौँ सामान चोरी हुन थालेको बताउनुहुन्छ ।  

डोटी साना जलविद्युत् कार्यालय दिपायलका प्रमुख कपिलदेव जोशीले बाढीपहिरोले क्षति पुर्याएको सो विद्युत् गृह मर्मत गरेर पुनःसञ्चालन गर्नका लागि केन्द्रबाट टोलीसमेत आएको र खर्च बढी लाग्ने देखिएपछि उक्त कार्य बन्द गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् मर्मत खर्च नै निकै आउने देखिएकाले मर्मतको कार्य शुरु नगरेको हो । यस बारेमा के गर्न सकिन्छ केन्द्रसँग कुराकानी गरेका छौँ, केही खबर आएको छैन ।” 

उक्त विद्युत् गृह पुनःनिर्माण गरी विद्युत् उत्पादन नगरिँदा डोटीमा अहिले विद्युत्भार कटौटी पुनः हुन थालेको छ । दार्चुलाको बलाचमा निर्माण भएको चमेलिया जलविद्युत् निर्माण भएपछि सुदूरपश्चिम विद्युत्भार कटौतीमुक्त घोषणा गरिए पनि आन्तरिक रुपमा विद्युत्मा आउने खराबीका कारण यहाँ दैनिकरुपमा विद्युत्भार कटौती हुन थालेको विद्युत् कर्मचारी बताउँछन् । 

बिग्रिएको उक्त विद्युत् पावर हाउसमा खटिएका कर्मचारी तथा चौकीदार पनि बाढीपहिरोले विद्युत् गृहमा क्षति पुर्याएपछि दिपायल पिपल्लास्थित विद्युत् सवस्टेशनमा सारिएको डोटी साना जलविद्युत् केन्द्र दिपायलका कर्मचारी एकीन्द्र बिसीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीपहिरोले विद्युत् गृहमा बस्ने अवस्था नरहेपछि कर्मचारी सबस्टेशनमा सारेका हौँ, विद्युत् सामग्री चोरीँदैछन् भन्ने थाहा पाएपछि दिउँसोको समयमा एकजना कर्मचारी सुरक्षाका लागि खटाएका छौँ ।” 

यस विद्युत् गृहमा रहेका उपकरणको सुरक्षाका लागि  स्थानीय प्रशासन तथा सम्बन्धित कार्यालय मौन बसेको स्थानीयवासीको आरोप छ । डोटी साना जलविद्युत् केन्द्र दिपायलका प्रमुख कपिलदेव जोशीले विद्युत् उपकरण चोरी गर्नेको बारेमा सुक्ष्मरुपमा अनुसन्धान तथा जानकारी लिने कार्य भइरहेको बताउनुभयो । उहाँ भन्नुभयो, “विद्युत्का सामग्री चोर्नेका बारेमा जानकारी लिँदैछौँ, पत्ता लाग्ने बित्तिकै कानूनी प्रक्रियामा लाग्नेछौँ ।” लामो समयदेखि बन्द रहेको उक्त विद्युत् गृहको मर्मत कार्य गरी चाँडो बत्ती पुनः सञ्चालन गरिदिन यहाँका स्थानीयले विद्युत् कार्यालयसँग मागसमेत गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला