२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठूलो परिमाणमा अवैध सुनचाँदीसहित एक युवक पक्राउ

६ पुष २०७६, आईतवार ०५:००

 पुस ६, लहान । ठूलो परिमाणमा अवैध सुनचाँदीको गरगहनासहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले गएराति जाँच गर्ने क्रममा जिल्लाको भगवान्पुर गाउँपालिका–४ ठाडीबजारबाट अवैध सुनचाँदीको गरगहनासहित सिरहाको गोलबजार नगरपालिका–४ निवासी ३४ वर्षीय मनोज रायलाई पक्राउ गरेको हो । 

भारततर्फबाट नेपालतर्फ आउँदै गरेको ज२प ६४२२ नंको मोटरसाइकल जाँच गर्ने क्रममा डिकीभित्र लुकाई–छिपाई राखिएको सुनचाँदीका गहना बरामद भएपछि रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

 पक्राउ परेका रायको साथबाट हातमा लगाउने सुनको बाला दुई, मङ्गलसूत्र ठूलो–सानो गरी चार, नथी सिक्रीसहितको एक, कानमा लगाउने बाली दुई, टप दुई, झुम्का बाला टीका एक थान र चाँदीको पाउजु पाँच, हातमा लगाउने पञ्जा एक जोडी, ब्रासलेट एक थान, खुट्टामा लगाउने बिच्छी तीन थान, औँठी एक थान र बच्चाले लगाउने बलिया तीन थान बरामद भएको प्रवक्ता बोहराले बताउनुभयो । पक्राउ परेका रायमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

अवैध कुखुराको चल्ला नष्ट

प्रहरीको टोलीले सिरहा नगरपालिका–१९ जोगियाटोलबाट ४३ कार्टुन अवैध चल्ला बरामद गरेको छ । प्रहरी चौकी सन्हैठा सिरहाबाट खटिएको टोलीले जाँच गर्ने क्रममा भारतबाट भन्सार छली नेपालमा भित्र्याइएको उक्त अवैध चल्ला बरामद गरेको हो । बरामद भएका करिब रु एक लाख मूल्य बराबरको चल्ला स्थानीय प्रतिनिधिको रोहवरमा आज बिहान नष्ट गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान