Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको दुई बस्तीमा नि-शुल्क ग्यास/चुलो बितरण (८ तश्वीर)

२०७६, ८ पुष मंगलवार ०६:११

दान बहादुर बुढा | पुष ८, मुगु | मुगु जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाले नगर भित्र रहेको दुई बस्तीमा निशुल्क चुलो ग्यास बितरण गरेको छ ।

छायानाथ रारा नगरपालिका भित्र रहेको ७९ गाँउ बस्ती मध्य अति दुर्गम पछाडि परेको काठ दाउरा (ईन्धनको) लागी परापुर्व कालदेखी निकै दुख कष्ट पाएका लह र लापुका रहेको स्थानिय जनताहरुको गर्त बर्ष यही समयमा गरेको गुनासोलाई मध्य नजर राखी नगरपालिका वडा नम्बर १३ लह गाँउका २५ जना र लापु गाँउका ३२ घरधुरी गरी जम्म ५७ घर धुरीलाई हिजो आईबार एक घर एक ग्यास चुलो बितरण गरिएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजंग शाहीले बताएका छन ।


बिभिन्न कानुनि प्रक्रियाबाट सामान खरीद गर्नुपर्ने भएको हुँदा जनताको माग अनुसारको समयमा ग्यास चुलो उपलब्ध गराउन नसकेर एक बर्ष ढिला भएको हो । यहाँका स्थानिय बासिहरुले दाउरा ल्याउन एक दिनभरीको समय लगाउने गरेका थिए भने यो ग्यास चुलो प्रयोग गर्दा समय निकै कम लाग्ने बढी समयमा फुसद हुने भएको हुदा बाकी समयमा आयआर्जन, सिपमुलक कार्यमा लाग्न र स्वास्थ्यमा सुधार ल्याउनको लागी नगरपालिका भित्रको गरिवसंग नगर प्रमुख कार्याक्रमबाट लह गाँउका ३२ र लापु गाँउका २५ घर धुरीलाई ग्यास चुलो निशुल्क बितरण गरिएको हो । यस एक घर एक ग्यास चुलो बितरण कार्यक्रमको जम्मा बजेट ४ लाख ९७ हजार सम्म रहेको आगामी दिनहरुमा यी बस्तीका आय आर्जन सिपमुलक कार्यक्रम पनि सन्चालन गर्ने नगर प्रमुख शाहीले बताएका छन ।


बिगतका बर्षहरुबाट दाउराको जोहो गर्दा निकै शास्ती पाएका यी लह, लापु गाँउका स्थानिय बासीहरु पहिलो पटक ग्यास चुलो प्रयोग गर्न पाउदा निकै खुसि भएका छन । सबै भन्दा बढी बिहानबेलुकाको चुलो-चौको गर्ने महिला निकै खुसी भएका छन् । अन्य अन्न पानी लुगा लत्ता खान खर्च भन्दा पनि सबै भन्दा बढी दाउराको चिन्ता हुन्छ । बिहान अधेरोका नै दाउरा लिन बनतिर बासि रोटी लिएर जानुपर्ने बेलुकी ५ बजे पछि मात्र घर फर्कने बाटो पनि राम्रो नहुदा भिरोले बनपाखा टाढा जानु पर्ने यही दाउराकै कारणले धेरै जना महिलाले बन/पाखामा लडेर मुत्यू पनि भएको बिगतका दिनलाई सम्झेर मन जिरीङ्ग हुन्छ'  छायानाथ रारा नगरपालिकाबाट ग्यास चुलो पाउदा निकै खुसी भएको स्थानिय लाप गाँउकी ६६ बर्षकी सुन्ता बुढाले बताएकी छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी