चिसोका कारण सुदूरपश्चिमको जनजीवन कष्टकर बन्दै,विरामी संख्या बढे

Posted on: 25 Dec, 2019

पुस ९, धनगढी | पुस लागे संगै सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ | शीतलहर र जाडोका कारण तराई क्षेत्रको कैलाली  कञ्चनपुर जिल्ला सगै पहाडी जिल्ला हरुमा समेत  जनजीवन कस्टकर बनेको हो |

जाडो बढे संगै तराई तथा पहाडी जिल्लाहरुमा विरामीको संख्या बढेको छ | निमोनिया,रुघाखोकी,श्वासप्रश्वास,ब्लडप्रेसरका विरामीहरुको संख्या ह्वात्तै बढेको सेती प्रादेशिक अस्पतालले जनाएको छ | जाडो र शीतलहर बढेसँगै दैनिक १ सय २० जनाको संख्याका विरामीहरु सेती अञ्चल अस्पतालमा उपचार गर्न भर्ना हुने गरेका छन् |

चिसोबाट बच्न झोलिलो कुरा खाने,मर्निङ वाक जाँदा मोटो कपडा लगाएर जाने र न्यानो लुगा लगाएर घर भित्रै बस्न उपयुक्त हुने चिकित्सकको भनाइ छ | तराई र पहाडका विभिन्न स्थानहरुमा शीतलहर र जाडो छेक्न नागरिकहरुले आगो ताप्ने गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!