Skip to content
Friday, July 24, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
December 26, 2019 चितवन - CTW, समाज

चितवनमा बाघ मृत फेला

By साझासवाल 2 मिनेट पढाइ

पुस १०, चितवन | चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको छ। निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३ वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत फेला परको हो।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) नारायण रुपाखेतीले बाघ जुधेर मरेको प्रारम्भिक रिपोर्ट प्राप्त गरेको बताए। उनले निकुञ्जबाट गएको चिकित्सकसहितको टोली बाघ कसरामा ल्याउने जानकारी दिए।

घाँस काट्न गएका स्थानीयवासीले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए। ‘मृतावस्थामा फेला परेको बाघको शरीरभरि नै घाउ छन्’, रुपाखेतीले भने, ‘वयस्क बाघ एकापसमा जुधेर मृत्यु भएको हो कि भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।’

बस्तीदेखि झण्डै दुई किलोमिटर उत्तरतर्फको सामुदायिक वनमा बाघ मृतावस्थामा फेला परेको हो। मृत बाघको आज परीक्षण गरिने निकुञ्जले जनाएको छ।

समाचार सुन्नुहोस्

यो समाचार नेपाली आवाजमा सुन्न Play थिच्नुहोस्।