२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राजदूतावासको सुरक्षाका लागि ‘इराकी सुरक्षाकर्मी तैनाद गरियोस्’ : ट्रम्प

२०७६, १५ पुष मंगलवार १४:२२

पुस १५, वासिङ्टन (रासस/एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशको इराकस्थित राजदूतावासको पर्खालमा वरपरसम्म घुसी आगजनी तथा ढुङ्गामुढा गरेको घटनाप्रति गहिरो चासो व्यक्त गर्नुभएको छ ।

उहाँले इराकी सरकारलाई दूतावासको सुरक्षार्थ इरानी सुरक्षाकर्मीलाई तैनाद गर्न आग्रहसमेत गर्नुभएको छ । 

ट्रम्पले आफ्नो ट्वीटरमार्फत जारी सन्देशमा भन्नुभएको छ, “हामी चाहन्छौँ इराकले अमेरिकी राजदूतावासको सुरक्षाका लागि आफ्नो सुरक्षाबल तैनाद गरोस् ।”

इरान निकट मानिने एक इराकी समूहका लडाकूद्वारा अमेरिकी कुटनीतिक नियोगमा मङ्गलबार दिउसो आक्रमण भएको थियो । सो समूहले सुरक्षाका लागि निर्माण गरिएको बाहिरी पर्खालबाट राजदूतावास भवन नजिकैको पर्खालमा पुगी अमेरिका विरोधी नाराहरू लगाएको थियो । समूहले पर्खाल वरीपरीबाट आगजनी तथा ढुङ्गामुढाको प्रयाससमेत गरेको थियो । 

राष्ट्रपति ट्रम्पले आक्रमण इरानले गराएको भन्दै यसमा तेहरान जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

ट्वीटरमा राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, “अहिले इरानले गोप्यरूपमा अमेरिकी राजदूतावासमा आक्रमण गर्न पुगेको छ । उनीहरू नै यसका लागि पूर्णरूपमा जिम्मेवार हुनुपर्नेछ ।”

इराकस्थित अमेरिकी राजदूतावासमा प्रदर्शनकारी पुग्न सकेको धेरै वर्षपछि यो पहिले घटना हो । राजदूतावास उच्च सुरक्षासहितको ‘ग्रिन जोन’ रहेको छ र त्यहाँसम्म पुग्न धेरै सुरक्षा जाँचस्थल पार गरेर जानुपर्ने हुन्छ ।

प्रदर्शनकारीहरूले हासेद अल–शावीको झण्डा बोकेका देखिएको सञ्चारमाध्यमहरूले बताएका छन् । उक्त समूह इराकी सशस्त्र समूहको सिया सञ्जाल हो र उसले इरानबाट प्रशिक्षण लिएको बताइने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने