२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक यातायातलाई मर्यादित र सुरक्षित बनाइनुपर्छ : पूर्वप्रम नेपाल

२०७६, २६ पुष शनिबार १०:०१

पुस २६, काठमाडौँ (रासस) । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरोकारवाला निकायको भूमिकालाई थप प्रभावकारी बनाइनुपर्ने बताउनुभएको छ ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालको प्रथम राष्ट्रिय साधारण सभाको उद्घाटन कार्यक्रममा आज यहाँ उहाँले यातायात क्षेत्रको एकाधिकारको अन्त्य गर्दै यस क्षेत्रमा रहेका  बेथिति र विकृति नियन्त्रणका लागि नियमनकारी निकाय सक्रिय हुन जरुरी भएको उल्लेख गर्नुभयो ।

नेता नेपालले मुलुकभित्र सार्वजनिक यातायात मात्र नभई विद्यालय, हवाई कम्पनी तथा बैंक वित्तीय संस्थालगायत जुनसुकै निकाय खोल्नका लागि कुनै सीमितता नरहेको र हचुवाका भरमा बग्रेल्ती संस्था खुल्ने परिपाटी रहेको भन्दै त्यसलाई बदल्न नियमनकारी निकायको विशेष ध्यान जान जरुरी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशमा उदारभावको नाउँमा बग्रेल्ती अनुमति दिइन्छ, कति सङ्ख्या हो, कुनै सीमितता छैन । अर्कोतर्फ खुलेका संस्थाको अनुगमन प्रणाली प्रभावकारी छैन, जसले गर्दा सेवा गुणस्तरतामा ह्रास आउँछ, अन्ततोगत्व लगानीकर्ताले सेवाबाटै विमुख हुनुपर्ने अवस्था पनि सिर्जना हुन्छ, त्यसैले राम्रोसँग अध्ययन गरेर मात्र यातायात सेवा सञ्चालनको अनुमति दिनुपर्छ, प्रतिस्पर्धा र नियमनलाई राज्यका निकायले अझ बढी जिम्मेवार र सक्रिय भएर लाग्नुपर्ने जरुरी छ ।”

पूर्वप्रधानमन्त्री नेपालले मुलुकभित्र राज्यले बृहत्तर ढङ्गले दीर्घकालीन सोचका साथ पूर्वाधार विकास योजनाका कामलाई अघि बढाउने परिपाटीको विकास नहँुदा लगानीअनुरुपको प्रतिफल आउन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी विमानस्थल, सडक वा पुल जे पूर्वाधार बनाउँदैछौँ, त्यो कति अवधिमा कस्तो गुणस्तरको बनाउने भन्ने मापदण्ड छैन । साँघुरो हेराइ, सङ्कीर्ण सोचका कारण मुलुकको विकासको गतिलाई तीव्रता दिन सकिन्न । जुनसुकै पूर्वाधार बनाउँदा १० वर्ष, २० वर्ष वा ५० वर्ष कति अवधिसम्मका लागि हो कति खर्च लाग्छ आदि विषय शुरुमै निर्धारण गरेर आयोजना अघि बढाउन जरुरी छ ।” 

चालकको लापर्बाहीका कारण मुलुकमा सवारी दुर्घटना बढ्नुका साथै ठूलो जनधनको क्षति बेहोर्नुपरेको उल्लेख गर्दै उहाँले चालकलाई उत्तरदायी बनाउन आवश्यक प्रशिक्षणका साथै उनीहरुलाई अनुशासित र मर्यादित बनाउनेतर्फ सरोकार भएका निकायले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

कार्यक्रममा विभिन्न यातायात व्यवसायी सङ्गठनका प्रतिनिधिले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउन राज्यका नियमनकारी निकाय र निजी क्षेत्रका व्यावसायिक संस्थाले सहयोग र समन्वयात्मक ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका अध्यक्ष होमप्रसाद अधिकारीले सार्वजनिक यातायातलाई अनुशासित, व्यवस्थित, मर्यादित र सुरक्षित बनाई यात्रु उपभोक्ता, सरकार मजदूर र व्यवसायीबीचको एकतालाई थप सुमधुर तुल्याउने उद्देश्यले महासङ्घ स्थापित भएको बताउनुभयो ।

महासङ्घमा देशैभरका सार्वजनिक यातायात क्षेत्रका ५४ सङ्गठन आबद्ध रहेको बताइएको छ । साधारणसभाले सार्वजनिक यातायात सेवालाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाई सेवाको गुणस्तर अभिवृद्धका लागि संस्थाले आगामी दिनमा प्रभावकारी नीति लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने