२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा सामाजिक द्धन्द्ध बढ्ने खतरा

२०७३, १५ असार बुधबार ०१:४४

डडेल्धुरामा सामाजिक द्धन्द्ध बढ्ने खतरा 

लालित बोहरा | असार १५, डडेल्धुरा | स्थानिय शान्ति समिति डडेल्धुरामा ५ सय ६ वटा उजुरी दर्ता भएका छन । बेपत्ता छानविन आयोग तथा सत्य निरुपण मेलमिलाप आयोगको आह्वान अनुसार डडेल्धुरा जिल्लामा ५ सय ६ वटा उजुरी परेका हुन । शान्ति समितिमा ४२ वटा बेपत्ता छानविन र चार सय ६४ वटा सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि उजुरी परेको स्थानिय शान्ति समिति डडेल्धुराका संयोजक गजेन्द्र शाहीले जानकारी दिएका छन । संयोजक शाहीका अनुसार गत वैशाख २ गतेदेखि लिन थालिएको उजुरी असार मसान्त सम्म दिन सकिनेछ ।

यसैबिच डडेल्धुरा जिल्लामा सामाजिक द्धन्द्ध बढ्ने खतरा प्रति सरोकारवालाले सजग गराएका छन । डडेल्धुरामा मगंलबार गरिएको शान्ति प्रवद्र्धन कार्यक्रमको समिक्षा तथा सरोकारवालाहरुको भूमिका बिषयक छलफल तथा अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन । डडेल्धुरा जिल्लाका विभिन्न गाविसमा सञ्चालित बिकास निर्माण, खानेपानी र बन उपभोगमा भइरहेको विबादका कारण सामाजिक द्धन्द्ध बढिरहेको सहभागिहरुको भनाई छ । शान्ति तथा पूर्ननिमार्ण मन्त्रालयको सहयोगमा स्थानिय शान्ति समिति डडेल्धुराद्धारा आयोजित कार्यक्रममा बोल्दै प्रमूख अतिथि तथा सहायक प्रमूख जिल्ला अधिकारी करुणाकर अवस्थीले व्यक्तिगत स्वार्थपुर्तिका लागि समाजमा द्धन्द्ध सिर्जना गरिरहेका ब्यक्तिहरुलाई सचेत गराउनु आवश्यक रहेको बताएका छन ।

स्थानिय शान्ति समिति डडेल्धुराका संयोजक गजेन्द्र शाहीले सविंधान निर्माण पश्चात पनि राज्यका केही नीतिका कारण समाजमा तिक्तता र बैमनस्यता कायमै रहेको बताएका छन ।

समाजमा कायम रहेका बिवाद बेलैमा साम्य नभए सामाजिक सद्भाव समेत खलबलिने सहभागिहरुको सुझाव छ । कार्यक्रममा शान्ति समितिका संयोजक द्धन्द्ध पीडित र सरकारी निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल