2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

बेँसीशहरका घरघरमा भाचोकखोलाको पानी

माघ २, लमजुङ । बेँसीशहर नगरपालिकाका उपभोक्ताका घरघरमा वडा नं १० बाझखेतस्थित भाचोकखोलाको पानी पुगेको छ । नेपाल सरकार र बेँसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको संयुक्त लगानीमा बेँसीशहर खानेपानी सहलगानी आयोजनामार्फत भाचोकखोलाको पानी आजबाट बेँसीशहरका घरघरमा पुगेको हो । 

बेँसीशहरमा यसअघि उपलब्ध भइरहेको पानी पर्याप्त नभएपछि भाचोकखेलाको पानी चण्डिाडाँडामा निर्माण भएको आठ लाख ३० हजार लिटरको पानी जम्मा गर्ने मूल ट्याङ्कीमा ल्याएर त्यहाँबाट वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले बताउनभुयो । उपभोक्ता समितिले दुई हजार ६७० धारामा पानी वितरण गर्दै आएको छ । यसअघिको पानीले करिब ४० हजार जनसङ्ख्या लाभान्वित भएको र भाचोकखोलाको पानी वितरण भएपछि नगरका वडा नं ७, ८, ९ र १० गरी करिब ७० हजारभन्दा बढी नागरिक लाभान्वित भएका समितिले जनाएको छ । 

यस आयोजनाबाट प्रति सेकेन्ड २५ लिटर पानी आएको छ । यसअघि पानीको समस्या हुँदै आए पनि यस आयोजनाबाट पानी वितरण भएकाले आगामी २० वर्षसम्म बेँसीशहरवासीमा पानीको समस्या नहुने उपभोक्ता समितिका अध्यक्ष प्रधानको भनाइ छ । बेँसीशहरमा पहिलोपटक २०५० सालबाट खानेपानी वितरण गर्न शुरु गरिएको थियो । त्यसयता ठूलोपँधेरोलगायतबाट खानेपानी वितरण भइरहे पनि पर्याप्त नभएपछि यस आयोजनाको पानी वितरणले नगरवासीलाई ठूलो सहयोग पुगेको नगर प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । 

खानेपानी आयोजना बेँसीशहरबाट भाचोकखोला उखुवारीसम्मको दूरी छ किलोमिटर छ । हाल आयोजनाको रकिङ फिल्टर निर्माण, टेडिमेन्टेसन, पाँच लाख १५ हजार लिटरको पानी ट्याङ्की, तीन लाख लिटरको पानी ट्याङ्की र एक लाखको पानी ट्याङ्की निर्माण गरेर मूल ट्याङ्कीमा सबै पानी जम्मा गरेर पानी वितरण गरेको उपभोक्ता समितिका अध्यक्ष प्रधानको भनाइ छ । 

यस आयोजना नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानी हुने गरी रु २८ करोड ८३ लाख लागतमा निर्माण सम्पन्न भएको बताइएको छ । खानेपानी आयोजनाको निर्माण ठेक्का पाएको महादेव खिम्ति पराजुली जेभीले ०७४ साउनबाट शुरु गरिएको आयोजना २०७६ को असार मसान्तमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो तर निर्धारित समयमा काम सम्पन्न नभएपछि पुनः छ महिनाको थप गरिएको म्याद गत पुस १८ गतेसम्मे थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल