2026-06-28 03:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका सरकारी कार्यालय प्रमुख विहिन

2020-01-23

दान बहादुर बुढा | माघ ९, मुगु | हिमाली जिल्ला मुगुका सरकारी कार्यालयहरु यति बेला कर्मचारी विहिन छन । बिभिन्न बहानामा कार्यालय प्रमुख जिल्ला बाहिर गएपछि सरकारी कार्यलय कर्मचारी विहिन बनेका हुन । जिल्लाको तालुक कार्यालय जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नहुदाँ सेवाग्राही रित्तो हात फर्कन बाध्य भएका छन |


सुरक्षा गोष्ठिको प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बुधबार जिल्ला बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय प्रमुख बिहिन भएको हो । प्रमुख जिल्ला अधिकारी जिल्लामा नहुदा नागरिकता ,राहदानि, नाबालक परिचय प्रत्र लगायतका सेवा लिन जिल्ला प्रशासन कार्यलय पुग्ने सेव,विभिन्न सिफारिसहरु लिन जिल्ला प्रशासन कार्यालयमा पुग्ने नागरिकहरु निराश भएर घर फर्किने गरेका छन । नागरिताका लागी बुधबार जिल्ला प्रशासन कार्यलय पुगेका नाम नबताउने एक सरकारी कर्मचारीले नागरिता बनाउन जिल्ला प्रशासन कार्यालय गएको भएपनी प्रमुख जिल्ला अधिकारी नभएको र काम नहुने भने पछी निराश भएर फकिएको बताए ।


जिल्ला प्रशासन कार्यलय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवाली पनि एक महिना देखि जिल्ला बाहिर छन । प्रमुख जिल्ला अधिकारी घिमिरेले पनि सुरक्षा गोष्ठिको कामले जिल्ला छोडे पछी जिल्ला प्रशासन कार्यालय मुगु प्रमुख विहिन बनेको छ ।  

पत्रकारको टोली विहिबार २ बजे जिल्ला  प्रशासन कार्यालय पुग्दा कार्यालय बन्द अबस्थामा रहेको र कर्मचारी घाम तापेर बसेका भेटिएका थिए | अत्तियारी प्राप्त कर्मचारी नुहदाँ सेवाग्राहीको काम गर्न समस्या भएको जिल्ला प्रशासन कार्यालय मुगुका खरिदार नर बहादुर बुढाले बताए |


जिल्ला प्रशासन कार्यालय मात्र हैन  अन्य सघिय तथा प्रादेशिक कार्यालयका  प्रमुख नहुदा ति कार्यालयहरु पनि प्रमुख बिहिन भएका छन । सघिय माताहतका कार्यालय जिल्ला प्रहरी कार्यालय, अनुसन्धान कार्यालय,कोष तथा लेखा नियन्त्रण कार्यलय,नापी कार्यालय,शिक्षा विकास तथा समन्वय ईकाई तथा प्रादेशिक कार्यालय वन डिभिजन कार्यालय,खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय मा प्रमुख छैनन ।सघिय तथा प्रादेशिक माताहतमा रहेका कार्यालयका कार्यलय प्रमुख नहुदाँ सेवा ग्र्राहीको काममा बाधा भएको छ भने |

अत्तियारी प्राप्त नभएका कर्मचारीहरु अफिसमा आउने घाम तापेर बस्नु बाहेकको विकल्प नभएको कर्मचारीहरु बताउछन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी