असार १७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको कारण आज दिनभरी नै सडक सञ्चालन नहुने भएको छ । गएराति देखि निरन्तर भएको वर्षासँगैका क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको कारण आज दिनभरी नै सडक सञ्चालन नहुने भएको छ । गएराति देखि निरन्तर भएको वर्षासँगैका क"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नारायणगढ–मुग्लिन सडक आज दिनभर नखुल्ने

१७ असार २०७३, शुक्रबार ०९:१०

असार १७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको कारण आज दिनभरी नै सडक सञ्चालन नहुने भएको छ । गएराति देखि निरन्तर भएको वर्षासँगैका कारणले सडकमा सवारीहरुको निकैनै लामबद्ध भएको छ ।

muglin narayangad sadak (7)
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सडक खण्डको चार किलो, पाँच किलो, जलवीरे र भालुढुङ्गामा माथिबाट ठूलो पहिरो खसेको छ ।

निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउने कामसमेत हुन नसकेको उनले जानकारी दिए । ‘पानी परिरहेको छ, माथिबाट पहिरो खसिरहेको छ, पन्छाउने सम्भावना छैन । पानी रोकिएमा पहिरो पन्छाउने काम हुनेछ,’ खनालले भने । उनका अनुसार अब वर्षात् रोकिएमा राति अबेरसम्ममा बाटो खुल्ने सम्भावना छ ।

बिहान ६ बजेबाट अवरुद्ध सडक ९ बजे केहीबेरका लागि खुलेको भए पनि पुनः ती ठाउँमा पहिरो खस्न थालेपछि पहिरो पन्छाउन नसकिएको उनले बताए ।

muglin narayangad sadak (7)

ठाउँठाउँमा पहिरो खसिरहेकाले सुरक्षित ठाउँमा बस्न वा वैकल्पिक बाटो प्रयोग गरेर गन्तव्यतर्फ जान आयोजनाले सबैमा आग्रहसमेत गरेको छ । बिहानदेखि सडक अवरुद्ध बनेपछि सडकको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।

जोखिममा परेका यात्रु अलपत्र अवस्थामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध