२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

एक महिनाको नजरबन्दमा योगी पुष्पराज पुरूष

२०७६, २० माघ सोमबार १४:३१

माघ २०, काठमाडौं । नेपाल सनातन धर्म संस्कृति संगठनका प्रमुख योगी पुष्पराज पुरूष एक महिना योग साधनामा बसेका छन् । पुरूषले आफूले आँफैलाई नजरबन्धमा राखेर साधना गरिरहेका हुन् । 

उनी साधना अवधि भरी नहेर्ने, नसुन्ने र नबोल्ने गरी बसेका हुन् । गत पुस २५ गते शुरू भएको उक्त साधना यहि माघ २६ गते आइतवार साँझ सकिने उक्त आश्रमका साधक गिरीराज पुरूषले बताए।

पुष्पराज पुरूष ललितपुर स्थित लामाटार ढुंगिनमा रहेको संगत आश्रममा पाँचौ पटक लामो साधनामा बसेका हुन्। उनी एक महिना लामो साधनामा अन्न नखाई बसेका छन्। विशेष गरी यो साधनामा उनले जलाहार गरिरहेका छन्।

अभियान्ताहरू मध्ये चिनिने पुष्पराज पुरूष नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाउन सक्रिय छन्। उनी असंगठित नेपालको धार्मिक क्षेत्रलाई संगठित गर्दै बलियो महाशक्ति बनाउनका लागि विगत लामो समयदेखि लागिरहेका छन्।

धर्मराजनीति मार्फत देशलाई भौतिक र आध्यात्मिक रूपमा समृद्ध बनाउन उनले विभिन्न किसिमका अभियानहरु पनि संचालन गरिरहेका छन्। उनले नेपाल सनातन धर्म संस्कृति संगठनमार्फत ज्योतिष, पंडित, कर्मकाण्डी तथा धार्मिक अभियान्ताहरूलाई संगठित गरिरहेका छन्।

यसरी एक महिना लामो साधनामा बसेका योगी पुष्पराज पुरूष संगत संस्कृतिको प्रतिपादक तथा संगत संस्कृति अभियानको संयोजक समेत छन् । २०६३ सालदेखि सुरू भएको उक्त संस्कृतिले धार्मिक, साम्प्रदायिक, पन्थ तथा सांस्कृतिकरूपमा रहेका विभिन्न किसिमका समस्याहरूलाई वैदिक तथा वैज्ञानिकरूपमा समाधान गर्न विभिन्न किसिमका खोज अनुसन्धान गरिरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा