पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन ९, इलाम | </b>खोलामा डुबेर इलाममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–८ का १८ वर्षीय नवीन अधिकारी रहेका छन् | <br></p><p>इलाम नगरपालिका–९ स्थित गुनमुने भन्ने ठाउँमा रहेको माईखोला ड्याममा पौडी खेल्ने क्रममा बिहीबार अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ | खोलामा डुबेपछि अधिकारीका आफन्तले प्रहरी चौकी चिसापानीमा जानकारी गराएको थियो ।</p><p>त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई खोलाबाट निकालिएको थियो । साथीसँग हिँडेका अधिकारी कसरी डुबे भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी विजय राईले जानकारी दिए । </p>

