2026-10-22 02:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सिटीस्क्यान मर्मत गर्न बल्ल बोलपत्रः उपकरण थप्दै भरतपुर अस्पताल

फागुन १२, चितवन | भरतपुर अस्पतालको सेवालाई थप चुस्त बनाउन रु आठ करोड हाराहारीको उपकरण खरिद एवं मर्मतसम्हार कार्य अघि बढाइएको छ । स्वास्थ्य मन्त्रालयले सङ्घीय अस्पताललाई उपलब्ध गराएको बजेटबाट उपकरण खरिद एवं बिग्रिएका उपकरणको मर्मत गर्न लागिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । 

उहाँ अनुसार दुई वटा भिडियो एक्सरे, सघन उपचार कक्षमा प्रयोग हुने सिरिञ्ज पम्प, माइक्रोडेवराइडर सेट, मनिटर, मुटुको भिडियो एक्सरे गर्ने उपकरण, शल्यक्रियामा प्रयोग हुने अपरेटिङ माइक्रोस्कोप, दुई थान एक्सरे मेशिन  खरिदका लागि बोलपत्र आह्वान भइसकेको छ ।

हाल अस्पतालमा एक थान मात्रै एक्सरे मेशिन चालु अवस्थामा छ । दैनिक १०० भन्दा बढीको एक्सरे गर्नुपर्ने हुन्छ ।  सिटीस्क्यान मर्मतका लागि आवश्यक उपकरणको बोलपत्र आह्वान भइसकेको जनाइएको छ । बजेटको अभावमा सिटी स्क्यानमा समस्या आएको भए पनि मर्मत हुन सकेको थिएन ।

यस्तै दाँत सफा गर्ने र मिलाउने डेन्टल स्पालर, कानको श्रवणशक्ति नाप्ने ट्याम्पानो मिटर, फोहर व्यवस्थापनमा प्रयोग हुने अटोक्लेप, प्रयोगशालामा प्रयोग हुने अटोक्लेप, इण्डोस्कोपी, ल्याप्रोस्कोपीलगायतका उपकरणसमेत अस्पतालले खरिद गर्न लागेको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीका अनुसार मन्त्रालयले उपलब्ध गराएको रकममध्येबाट ती उपकरण खरिद गर्न लागिएको हो । न्यून स्रोतसाधन र जनशक्ति भएर पनि अस्पतालले ठूलो सङ्ख्यामा बिरामीको उपचार गर्दै आएको छ । अस्पतालमा हाल ६०० श्यया सञ्चालनमा छन् । ती श्ययाअनुसारको जनशक्ति र आवश्यक भौतिक पूर्वाधारको माग गरिएको उहाँले बताउनुभयो । 

राजधानीको प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति भरतपुर अस्पतालमा हुने गर्दछ । विगतका वर्षहरुको तथ्याङ्कलाई हेर्दा हरेक वर्ष १५ हजार हाराहारीले प्रसूति सेवा लिने गरेका छन् । गत वर्ष भरतपुर अस्पतालमा दुई लाख ७३ हजार ४२८ ले बहिरङ्गमार्फत सेवा लिएका थिए । अस्पतालमा १४ विभागमार्फत सेवा उपलब्ध गराइँदै आएको छ । जिल्ला र आसपासका जिल्लाका सर्वसाधारणको उपचारको पहिलो रोजाई भरतपुर अस्पताल हुने गर्दछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ