कमल रावल, असार ३१, अछाम | आर्थिक वर्ष ०७२/७३ मा जिल्ला प्रहरी कार्यालय अछाममा ६० वटा मुद्धा दर्ता भएका छन । आर्थिक वर्ष ०७२/७३ मा भएका सम्पूर्ण गतिविधीवारे जाँनकारी गराँउन जिल्ला प्रहरी कार्यालय अछामले आयोज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल, असार ३१, अछाम | आर्थिक वर्ष ०७२/७३ मा जिल्ला प्रहरी कार्यालय अछाममा ६० वटा मुद्धा दर्ता भएका छन । आर्थिक वर्ष ०७२/७३ मा भएका सम्पूर्ण गतिविधीवारे जाँनकारी गराँउन जिल्ला प्रहरी कार्यालय अछामले आयोज"/>
२७ पुष २०८२, आईतवार
अछाम - ACM

आर्थिक वर्ष ०७२/७३ मा जिल्ला प्रहरी कार्यालय अछाममा ६० वटा मुद्धा दर्ता

१ श्रावण २०७३, शनिबार १८:५४

कमल रावल, असार ३१, अछाम | आर्थिक वर्ष ०७२/७३ मा जिल्ला प्रहरी कार्यालय अछाममा ६० वटा मुद्धा दर्ता भएका छन । आर्थिक वर्ष ०७२/७३ मा भएका सम्पूर्ण गतिविधीवारे जाँनकारी गराँउन जिल्ला प्रहरी कार्यालय अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जाँनकारी दिईएको हो ।

कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी आत्महत्याका घट्ना सम्वन्धिका मुद्धा रहेका छन । जसमा झुण्डियर आत्महत्या गरेका १९ वटा र बिष सेवन गरि आत्महत्या गरेका २ वटा गरी २१ वटा मुद्धा दर्ता भएका छन । यस्तै, कर्तब्य ज्याँनका ३ वटा, भवितब्य ज्याँनका ८ वटा भवितब्य ज्याँनका ३ वटा, ज्याँन मार्ने उद्योग सम्वन्धि एक वटा, अरुको नाममा परिक्षा दिएको एक, सार्वजनिक अपराधका ५ वटा, चोरी सम्वन्धि २ वटा, जातिय छुवाछुत एक, सवारी ज्याँनका ५ वटा मुद्धा दर्ता भएका छन । यस्तै कार्यालयमा जवरजस्ति करणि सम्वन्धिको एक, जबरजस्ति करणि उद्योग एक, बहु बिवाहका ६ वटा, सवारिवाट भवितब्य एक र किर्ते कागज सम्वन्धि एक वटा मुद्धा दर्ता भएको जनाईएको छ । प्रहरीमा दर्ता भएका ६० मुद्धा मध्येमा २१ वटा अदालतमा दर्ता गरिएको छ भने ३९ वटा दर्ता गर्न बाँकी रहेको जनाईएको छ । अदालत सम्म पुगेका मध्येमा पनि १३ वटा फैसला भईसकेका छन भने ८ मुद्धाको फैसला हुन बााकी रहेको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निरञ्जनदत्त भट्टले जाँनकारी गराँउनुभयो । यस्तै प्रहरीले यो वर्षमा अदालतवाट कैद सजाय पाएका फरार अपराधिको सुचिमा रहेका २ जनालाई पक्राउ गरेको उहाँले जाँनकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्षमा ५८ वटा मुद्धा दर्ता भएका थिए भने त्य भन्दा अगिल्लो आर्थिक वर्षमा ४८ वटा मुद्धा दर्ता भएको तथ्यंक रहेको छ । यसैविच ः जिल्ला प्रहरी कार्यालय र जिल्लाभरी रहेका अन्य प्रहरी यूनिटहरुमा आर्थिक वर्ष ०७२/७३ मा कुल ७२६ वटा सामान्य प्रकृतिका ठाडो उजुरीहरु परेको अछाम प्रहरीले जनाएको छ । तिं सबै उजुरीउपर छलफल भई मिलापत्र भईसकेको डियसपी भट्टले जाँनकारी दिनुभयो । यस्तै वर्षभरीमा २ सय ५५ वटा महिला हिंसाका उजुरीहरु प्रहरी कहाँ आएका र सबै मिलापत्रमा टुङ्गिएका पनि पत्रकार सम्मेलनका अवसरमा बताईएको छ । प्रहरी कार्यालयले वर्षभरीमा हराएका ब्याक्तिहरु सम्वन्धि ५४ वटा उजुरी दर्ता भएकोमा ७ जना फेला परेको बताएको छ । यस्तै आफ्नै कार्यालयका २ जना कर्मचारी राम्रो काम गरेकोमा सम्मानित भएको एवम अनुसासन उलंघन गरेकोमा २० जनालाई बिभागिय कारवाहि गरिएको पनि सो अवसरमा जाँनकारी गराईएको थियो । पत्रकार सम्मेलनमा डिएसपी निरञ्जनदत्त भट्ट सहित ईनिस्पेक्टर बद्री ढकाल, पत्रकार महाँसंघका उपाध्यक्ष जनकराज भण्डारी लगायत जिल्ला स्थित सञ्चारमाध्ययम र राष्ट्रिय सञ्चारमाध्ययममा कार्यरत सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला