कमल रावल, असार ३१, अछाम | आर्थिक वर्ष ०७२/७३ मा जिल्ला प्रहरी कार्यालय अछाममा ६० वटा मुद्धा दर्ता भएका छन । आर्थिक वर्ष ०७२/७३ मा भएका सम्पूर्ण गतिविधीवारे जाँनकारी गराँउन जिल्ला प्रहरी कार्यालय अछामले आयोज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल, असार ३१, अछाम | आर्थिक वर्ष ०७२/७३ मा जिल्ला प्रहरी कार्यालय अछाममा ६० वटा मुद्धा दर्ता भएका छन । आर्थिक वर्ष ०७२/७३ मा भएका सम्पूर्ण गतिविधीवारे जाँनकारी गराँउन जिल्ला प्रहरी कार्यालय अछामले आयोज"/>
२०८२, १९ चैत्र बिहीबार
अछाम - ACM

आर्थिक वर्ष ०७२/७३ मा जिल्ला प्रहरी कार्यालय अछाममा ६० वटा मुद्धा दर्ता

२०७३, १ श्रावण शनिबार १८:५४

कमल रावल, असार ३१, अछाम | आर्थिक वर्ष ०७२/७३ मा जिल्ला प्रहरी कार्यालय अछाममा ६० वटा मुद्धा दर्ता भएका छन । आर्थिक वर्ष ०७२/७३ मा भएका सम्पूर्ण गतिविधीवारे जाँनकारी गराँउन जिल्ला प्रहरी कार्यालय अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जाँनकारी दिईएको हो ।

कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी आत्महत्याका घट्ना सम्वन्धिका मुद्धा रहेका छन । जसमा झुण्डियर आत्महत्या गरेका १९ वटा र बिष सेवन गरि आत्महत्या गरेका २ वटा गरी २१ वटा मुद्धा दर्ता भएका छन । यस्तै, कर्तब्य ज्याँनका ३ वटा, भवितब्य ज्याँनका ८ वटा भवितब्य ज्याँनका ३ वटा, ज्याँन मार्ने उद्योग सम्वन्धि एक वटा, अरुको नाममा परिक्षा दिएको एक, सार्वजनिक अपराधका ५ वटा, चोरी सम्वन्धि २ वटा, जातिय छुवाछुत एक, सवारी ज्याँनका ५ वटा मुद्धा दर्ता भएका छन । यस्तै कार्यालयमा जवरजस्ति करणि सम्वन्धिको एक, जबरजस्ति करणि उद्योग एक, बहु बिवाहका ६ वटा, सवारिवाट भवितब्य एक र किर्ते कागज सम्वन्धि एक वटा मुद्धा दर्ता भएको जनाईएको छ । प्रहरीमा दर्ता भएका ६० मुद्धा मध्येमा २१ वटा अदालतमा दर्ता गरिएको छ भने ३९ वटा दर्ता गर्न बाँकी रहेको जनाईएको छ । अदालत सम्म पुगेका मध्येमा पनि १३ वटा फैसला भईसकेका छन भने ८ मुद्धाको फैसला हुन बााकी रहेको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निरञ्जनदत्त भट्टले जाँनकारी गराँउनुभयो । यस्तै प्रहरीले यो वर्षमा अदालतवाट कैद सजाय पाएका फरार अपराधिको सुचिमा रहेका २ जनालाई पक्राउ गरेको उहाँले जाँनकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्षमा ५८ वटा मुद्धा दर्ता भएका थिए भने त्य भन्दा अगिल्लो आर्थिक वर्षमा ४८ वटा मुद्धा दर्ता भएको तथ्यंक रहेको छ । यसैविच ः जिल्ला प्रहरी कार्यालय र जिल्लाभरी रहेका अन्य प्रहरी यूनिटहरुमा आर्थिक वर्ष ०७२/७३ मा कुल ७२६ वटा सामान्य प्रकृतिका ठाडो उजुरीहरु परेको अछाम प्रहरीले जनाएको छ । तिं सबै उजुरीउपर छलफल भई मिलापत्र भईसकेको डियसपी भट्टले जाँनकारी दिनुभयो । यस्तै वर्षभरीमा २ सय ५५ वटा महिला हिंसाका उजुरीहरु प्रहरी कहाँ आएका र सबै मिलापत्रमा टुङ्गिएका पनि पत्रकार सम्मेलनका अवसरमा बताईएको छ । प्रहरी कार्यालयले वर्षभरीमा हराएका ब्याक्तिहरु सम्वन्धि ५४ वटा उजुरी दर्ता भएकोमा ७ जना फेला परेको बताएको छ । यस्तै आफ्नै कार्यालयका २ जना कर्मचारी राम्रो काम गरेकोमा सम्मानित भएको एवम अनुसासन उलंघन गरेकोमा २० जनालाई बिभागिय कारवाहि गरिएको पनि सो अवसरमा जाँनकारी गराईएको थियो । पत्रकार सम्मेलनमा डिएसपी निरञ्जनदत्त भट्ट सहित ईनिस्पेक्टर बद्री ढकाल, पत्रकार महाँसंघका उपाध्यक्ष जनकराज भण्डारी लगायत जिल्ला स्थित सञ्चारमाध्ययम र राष्ट्रिय सञ्चारमाध्ययममा कार्यरत सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी